|

पर्वत : पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीका सूर्यबहादुर सुनारको हत्या प्रकरणका अभियुक्त विनोदविक्रम कुँवरलाई जन्मकैदको फैसला सुनाइएको छ।  जिल्ला अदालत पर्वतका न्यायाधीश सुर्यबहादुर थापाको इजलासले कुँवरकी पत्नी राधिका कुँवरलाई भने सफाया दिएको छ। 

फलेवास नगरपालिका–२ थापाठानाका ३४ वर्षीय कुँवरले शंकरपोखरीमा सुन चाँदी पसल संचालन गरेर पसलमै बसीरहेका सुनारलाई गत जेठ २५ गते कुटपिट गरी घाइते बनाएका थिए। गम्भिर घाइते भएका सुनारको गण्डकी क्षेत्रीय अस्पताल पोखरामा उपचारकै क्रममा मृत्यु भएको थियो। घटनामा सुनारसँगै उनकी श्रीमती सरस्वती पनि घाइते भएकोमा उपचारपछि उनको अवस्था भने सामान्य छ।

सुनारका भाइले प्रहरीमा विनोद र उनकी पत्नी राधिकालाई हत्या अभियोगमा किटानी जाहेरी दिएका थिए। सोही उजुरी अनुसार जिल्ला प्रहरी कार्यालय पर्वतले उनीहरुमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गराएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.