|

बुटवल : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ ले जिल्ला तहमा एकताका लागि कार्यदल बनाएको छ। 

प्रदेश ५ का १२ जिल्लाका जिल्ला कमिटिका लागि सिफारिस गर्नका लागि कार्यदल बनाएको प्रदेश ५ अध्यक्ष ओनसरी घर्ती मगरले जानकारी दिइन्। २० दिनभित्र काम सक्न निर्देशन दिएको जिल्ला स्तरीय कार्यदलमा ४–४ जना सदस्य छन्।

कार्यदललाई जिल्ला मातहतका पूर्वएमाले र माओवादी केन्द्र कार्यालय एवं भौतिक सम्पत्तिको अभिलेख तयार गरी व्यवस्थापनको योजना प्रस्ताव गर्ने, सदस्यता अभिलेखलाई एकीकृत बनाएर सिफारिस गर्ने जिम्मा दिइएको छ।

यो कार्यदलको सिफारिसअनुसार प्रदेश कमिटीले जिल्लाको संरचना तयार पार्ने नेकपा प्रदेश ५ का इन्चार्ज शंकर पोखरेलले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। उनका अनुसार कार्यदलले जिल्ला तहमा एकता प्रक्रियामा रहेको अलमलको टुंगो लगाउनेछ। उनले पार्टीभित्र केही असन्तुष्टि देखिए पनि केन्द्र र प्रदेशले त्यसको समाधान निकाल्ने विश्वास व्यक्त गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.