|

सोलुखुम्बु :  लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ। ताइवान नागरिक चेनारी च्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायव निरीक्षक (सई)उदयप्रसाद कटेलले जानकारी दिए।

सगरमाथा आधारशिविर घुम्न आएका च्याङ्को बिहीबार साँझ ५:४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ स्थित लबुचे मदर अर्थ भन्ने होटलमा आरम गरी बसैकै अवस्थामा मृत्यु भएको प्रहरी नायव निरीक्षक कटेलले जानकारी दिए। करिब ४५ वर्षीय च्याङ गत १३ गते नेपाल हाइटिङ टिम कम्पनी काठमाडौँमार्फत सगरमाथा आधारशिविर घुम्न आएका थिए।

अहिले इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरीको टोली हेलिकोप्टरमार्फत घटनास्थलमा पुगिसकेको बताइएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवको पोस्‍टमाटमका लागि काठमाडौं पठाइने बताइएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.