|

काठमाडौं : फिल्म 'ऐश्वर्य'बाट नेपाली फिल्ममा इन्ट्री मारेकी नायिका हुन्, दीपिका प्रसाईं। पहिलो फिल्म ऐश्वर्यबाट उनले धेरै प्रशंसा पाइन्। उनको अभिनय र सुन्दरताको खुबै चर्चा पनि भयो। नेपाली फिल्म क्षेत्रको उदाउँदो स्टारको रूपमा दीपिकालाई हेरिएको छ।

कैलालीमा जन्मिएकी दीपिकालाई फिल्म क्षेत्रमा आउने इच्छा खासै थिएन। तर, फिल्ममा चासो भने दिने गर्थिन् उनी। दीपिकालाई उनको साथीहरू, शिक्षक र परिवारले फिल्मको नायिका भएको हेर्न चाहान्थे। उनीहरूकै चाहनालाई सुन्दा-सुन्दै दीपिकामा पनि नायिका बन्ने चाहना बढ्दै गयो।

दीपिका प्लस टु पढ्दै गर्दादेखि नै मेडलिङ गर्थिन्। त्यही बेलादेखि नै उनलाई धेरै फिल्मको अफर आएको थियो। तर, आफूलाई अपरिपक्क ठान्ने दीपिकाले पढाइ पूरा नगरी फिल्ममा नआउने निधो गरेकी थिइन्। यस बीचमा आएका धेरै फिल्मको अफर उनले लत्याइन्। उनी भन्छिन्, 'मोडलिङ गर्दादेखि नै धेरै फिल्मको अफर आइरहेको थियो। तर ब्याचलरसम्मको पढाइ सकेर मात्र फिल्म गर्ने भनेर धेरै फिल्म रिजेक्ट गरेँ।'

दीपिकाको ब्याचलर पढाइ एक वर्ष मात्र बाँकी थियो। उनलाई फिल्म ऐश्वर्यको अफर पुग्यो। दीपिकालाई उनको भूमिका एकदमै मन पर्‍यो। 'ऐश्वर्यको भूमिका एकदमै मन परेको थियो', उनी भन्छिन्, 'पढाइ पनि एक वर्ष मात्र बाँकी भएकाले उहाँहरूलाई एक वर्ष कुराएर उक्त फिल्ममा काम गरेँ।'

फिल्म ऐश्वर्य सफल भयो। फिल्म मात्र सफल भएन, उक्त फिल्मले दीपिकालाई सबैमाझ चिनायो। 'फिल्म क्षेत्रमा आउनुपूर्व मलाई यो तरिकाको माया तथा सम्मान थिएन। अहिले मैले धेरैको माया पाएको छु', उनी भन्छिन्, 'मलाई यस क्षेत्रमा आउन प्रतोत्साहन गर्ने सबैलाई धन्यवाद भन्न चाहन्छु।'

ऐश्वर्यपछि ६ महिनासम्म उनले फिल्म गरिनन्। आफ्नो मास्टर्सको पढाइ सकाउन उनले कुनै पनि फिल्म साइन गरेकी थिइनन्। उनी भन्छिन्, 'पछि छक्का पञ्जा ३ बाट अफर आयो मैले नाइँ भन्ने ठाउँ भेटिनँ।' पहिलो फिल्म सफल भएको र दोस्रो पनि सफल हुनुपर्ने चुनौती उनीमा थियो। त्यो चुनौतीलाई पार गर्न पनि यस फिल्मसँग जोडिएको उनले बताइन्।

छक्का पञ्जा ३ मा आफ्नो भूमिका एकदमै बलियो भएकाले यस फिल्ममा काम गरेको दीपिकाको तर्क छ। उनी भन्छिन्, 'फिल्ममा मेरो भूमिका मलाई एकदमै मन पर्‍यो त्यही भएर यस फिल्ममा काम गरेँ।' यत्रो स्टारहरू फिल्ममा हुँदा कतै हराउने डर छैन? पत्रकारको यो प्रश्नमा उनी ढुक्क भएर भन्छिन्, 'मेरो भूमिका फिल्मका लागि मुख्य केन्द्र हो। त्यसैले हराउने त कुरा नै हुन्न।' छक्का पञ्जा ३ बाट आशावादी छिन दीपिका। 'ऐश्वर्यले दर्शकमाझ चिनायो। यस फिल्मले मलाई स्थापित गर्छजस्तो लाग्छ', उनले भनिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.