|

दाङ : जिल्लाका १० स्थानीय तहमध्ये बबई गाउँपालिका जिल्लाकै पश्चिम गाउँपालिका हो। बबई गाउँपालिका जिल्ला सदरमुकाम घोराहीदेखि ४६ किलोमिटर पश्चिममा पर्छ। पूर्वमा शान्तिनगर गाउँपालिका, पश्चिममा बाँके र सल्यान जिल्ला, उत्तरमा सल्यान जिल्ला र दक्षिणमा दंगिशरण गाउँपालिका र बाँके जिल्ला रहेका छन्।

साबिकका पुरन्धारा र पंचकुले गाविस समायोजन भई यस गाउँपालिकाको निर्माण भएको हो। यस गाउँपालिकाको कुल क्षेत्रफल २५७.४७ वर्ग किलोमिटर रहेको छ। २०६८ सालको जनगणनाअनुसार यहाँको कुल जनसंख्या २८ हजार  रहेको छ। यस गाउँपालिकामा सातवटा वडा रहेका छन्। यो गाउँपालिका समुद्र सतहदेखि ६७६ मिटर उचाइमा रहेको छ।

यस गाउँपालिकामा बाहुन, क्षेत्री, दलित, थारू लगायतका जातिको बाहुल्य रहेको छ। यस गाउँपालिकामा ९० प्रतिशत हिन्दू छन्। यो गाउँपालिकामा खेतीपातीका लागि उर्वर भूमि छ। यस गाउँपालिकाका  धार्मिक तथा पर्यटकीयस्थल पुरन्धारा झरना र चिसापानी शिवमन्‍दिर मन्दिर प्रमुख पर्यटकीय क्षेत्र हुन्। बबई गाउँपालिकाको बीचभागबाट दाङ-सुर्खेत सडक गएको छ। बबई गाउँपालिका सुन्नेबित्तिकै विश्वकै होचा व्‍यक्ति  स्वर्गीय चन्द्रबहादुर डाँगी जन्मेको ठाउँ र द्वन्द्वकालमा सरकार पक्ष र माओवादीबीच वार्ता भएको स्थानले पनि चिरपरिचित  छ। बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलसँग थाहा संवाददाता विकास डाँगीले निर्वाचनको बेला गरेका प्रतिबद्धताहरूको सेरोफेरोमा रहेर गरेको कुराकानीको संक्षेप :

निर्वाचित भएको १ वर्ष पूरा भयो कस्तो अनुभव भइरहेको छ?

हामी स्थानीय तहमा निर्वाचित भएको वर्ष पूरा भइसकेको छ। पहिलो वर्ष हामीलाई काम गर्न एकदमै गाह्रो भएको थियो। किनकि करिब २० वर्षपछि हामी जनप्रतिनिधि भएर स्थानीय तहमा पहिलोपटक काम गर्दा भौतिक संरचनादेखि अन्य स्रोत साधनको कमी र कानुन निर्माणको समस्या जस्ता कुराले गर्दा काम गर्न एकदमै समस्या भएको थियो। हामीलाई काम गर्ने कानुन स्पष्ट नहुँदा बबई गाउँपालिकाले दुईवटा मुद्दा पनि खेप्नुपर्‍यो। राजनीतिक पूर्वाग्रहका हिसाबले विभिन्न आलोचना खेप्नुपर्‍यो। हामीलाई सुरुमा अनुभव नभएका कारण केही बाधा अड्चन आए तर समस्यासँग सामना गर्दै काम गर्‍यौँ। 

निर्वाचनको बेला गरिएका घोषणा/प्रतिबद्धता कति पूरा गर्नु भो र कति बाँकी छन्?

निर्वाचनको बेला हामीले जनतासामु ५ वर्षभित्र काम गर्ने भएकाले ४५ बुँदे प्रतिबद्धता पत्र जारी गरेका थियौँ। अहिले हामी त्यही प्रतिबद्धतापत्रअनुसार नै काम गरिराखेका छौँ। त्यो प्रतिबद्धतामा लेखेका कुराहरू हामीले ५ वर्ष नभई ३ वर्षभित्र  पूरा गर्नेछौँ। हामीले कम बजेटको आँकलन गरी ती प्रतिबद्धतापत्र जारी गरेका थियौँ। तर, संघीय सरकार, प्रदेश सरकारको तर्फबाट हामीले समानीकरण अनुदान, सशक्त अनुदान र राजश्व बाँडफाँडको आउने अनुदानबाट हामीले सबै प्रतिबद्धता पूरा गर्नेछौँ। गत वर्ष हामीले गरेका कामहरू चालु आर्थिक वर्षमा देखिनेछ।

गाउँपालिका सञ्चालनको पहिलो अनुभव भएका कारण केही कमीकमजोरी भए पनि हामीले जनमतको कदर गर्दै काम गरेका छौँ। जनताको सामान्य आधारभूत आवश्यकता पूरा गर्नमै पहिलो वर्ष हामीले लगायौँ। हामीले कार्य प्रगतिको आधारमा एक वर्षमा थुप्रै महत्वपूर्ण काम गरेका छौँ जस्तो लाग्छ। गाउँपालिकाको शिक्षा क्षेत्र सुधारका लागि सामुदायिक विद्यालयमा कक्षा १ देखि अनिवार्य अंग्रेजी विषयको अनिवार्यता गराउनु सफलता ठानेको छौँ। यस गाउँपालिकाभित्रका नागरिकलाई खानेपानीको अभाव हुन नदिनका लागि विभिन्न ठाउँमा काम गर्‍यौँ र घरघरमा खानेपानीको धाराको लागि काम भइरहेको छ।

त्यस्तै, स्वास्थ्य क्षेत्रमा पनि सुधार ल्याउन गाउँपालिकाको विभिन्न स्थानमा खोप केन्द्रको स्थापना गरेका छौँ। बबई गाउँपालिकाभित्रका प्रत्येक वडामा सडकको विकास गरेका छौँ। निर्वाचनका बेला जनतासँग गरिएका प्रतिवद्धतालाई पूरा गर्न लागि रहेका छौँ। बबई गाँउपालिका दुर्गम भेगमा पर्ने भएका कारण चेतनाका हिसाबले पछाडि परेको हो भनेर हामीले सामाजिक विकासलाई जोड दिन योजना बनाएका छौँ। तर, हामीले अहिले गर्ने नसकेको काम भनेको कार्यालय व्‍यवस्थापन हो। हामी अहिले भाडाको घरबाट कार्यालय संचालन गरिरहेका छौँ। यही आर्थिक वर्षदेखि गाउँपालिकाको कार्यालय व्‍यवस्थापन पनि हुनेछ। त्यसको लागि बजेट पनि आएको छ।

निर्वाचित भएको  वर्ष पूरा भयो  प्रतिबद्धता कार्यान्वयनमा कत्तिको सन्तुष्ट हुनुहुन्छ? 

गत आर्थिक वर्षमा हामीले विभिन्न बाधा अड्चनका बावजुत बबई गाउँपालिकाका सडक सञ्चाल जोड्ने काम गरेका छौँ। शिक्षा,स्वास्थ्यलगायत क्षेत्रमा पनि जति पनि काम भएका छन् ती सबै  हिजो निर्वाचनमा गरे का प्रतिबद्धताकै  आधारमा गरे का छौँ। हामीले  बिर्सिएका छै नौँ  कि हिजो  जसरी विकास निर्माणका लागि काम गर्छौं  भन्यौँ, जनताले  हामीलाई यो  ठाउँमा पुर्‍याउनुभयो  र सो हीअनुसार काम भइरहेका छ। तर, सबै  कुरा १ वर्षमा अहिले  नै  पूरा हुन्छन् भन्ने  छै न, जनताले  पनि त्यो  कुरा बुझ्नुभएको  छ। हामीले  पनि हिजो  गरिएका प्रतिबद्धतालाई लत्याएर छुट्टै  हिसाबले  काम गर्ने  पक्षमा छै नौँ। गत आर्थिक वर्षमा हामीले गरेका कामप्रति सन्तुष्टि नै छौँ। 

यस गाउँपालिकामा तपाईंले के कस्ता समस्या भोग्नुपर्‍यो?

विभिन्न विवादका कारणले  सुरुवाती चार महिनामा काम गर्न सकिएन। म अध्यक्ष भएर आइसके पछि बबई गाउँपालिकालाई समृद्ध गाउँपालिका कसरी बनाउन सकिन्छ भन्ने मा छु। त्यो  समृद्धि ल्याउन हिजो कै  अवस्‍थाको  कामले  हो इन केही फरक ढंगबाट गर्नुपर्छ। फरक काम गर्न खो ज्दा केही विवाद आएका थिए, ती सबै  समाधान भए। त्यस्तै, समस्याहरू त निकै छन्। स्थानीय सरकार संचालन ऐनले दिएका अधिकार पनि कार्यान्वयन गर्न सकेका छैनौँ। संविधानमा भएका २२ वटा एकल सूचीका अधिकार पनि कार्यान्वयन गर्न खोज्दा समस्याहरू आइपरेका छन्। ती ऐन कार्यान्वयन गर्न लाग्दा आफूहरू अदालतसम्म पनि पुग्नुपरेको थियो। स्थानीय तह संचालनका लागि हामीले १५/१६ वटा कानुनहरू निर्माण गरिसकेका छौँ। हामीले कम्तीमा २७ वटा कानुन निर्माण गर्नुपर्ने हुन्छ। त्यो पनि निर्माण प्रक्रियामा छौँ। तर, हामीले काम गर्दा विभिन्न समस्या भोग्दै आएका छौँ। 

गाउँपालिकाको  के ही भाग निकुञ्ज प्रभावित क्षे त्रभित्र पनि पर्छ, वन्यजन्तु र मान्छे बीचको  द्वन्द्व न्यूनीकरण गर्ने तपाईंका  के ही यो जना छन्?

बाँके  राष्ट्रिय निकुञ्जको  प्रभावित क्षे त्र पनि हाम्रो  गाउँपालिकाका के ही बस्‍ ती छन्। हुन त राष्ट्रिय निकुञ्जले  पनि त्यो  क्षे त्रका लागि थुप्रै  काम गर्ने  यो जना बनाएको  छ। त्यहाँको  विकासका लागि निकुञ्जले  लगानी पनि गर्छ। तर, हाम्रो  क्षे त्र पनि भएको ले  के ही गर्न सकिन्छ कि भने र छलफल आरम्भ भएका पनि छन्। जस्‍ तो  त्यहाँ आउने  वन्यजन्तुलाई नै  दे खाएर त्यो  क्षे त्रलाई पर्यटकीय क्षे त्रको  रूपमा विकास गर्ने  कि भन्ने  पनि छ। तर, विभिन्न जो खिम पनि छन्। मान्छे माथि वन्यजन्तुको आक्रमण कसरी रो क्ने , गरे का खे तीपातीको  संरक्षण कसरी गर्ने  वा उनीहरूलाई गरिखाने  बाटो को  विषयमा कसरी अघि बढ्ने  भन्ने  विषयमा गम्भीर भएर हामीले  सो चिरहे का छौँ। यदि त्यसो  हुन सके न भने  ती बस्‍ तीहरूलाई व्यवस्‍ थापन गर्न नयाँ बस्ती विकास गर्ने  यो जना पनि हामीले  सो चे का छौँ। 

बबई गाउँपालिकाले करको अवस्थाबारे के सोचेको छ?

हामीले बबई गाउँपालिकाले हिजो गाविस हुने बेला लिने  मालपोतदेखि अन्यका लागि लिइँदै आएको करलाई नै यथावत रूपमा लिँदै आएका छौँ। हामीले कर नबढाई दायरा मात्र बढाएका छौँ। जस्तो कि सरकारी जमिनमा बनेका संरचना कर, घरवाला कर, व्‍यापार दर्ताजस्ता कुरालाई नयाँ करको दायरामा ल्याएका छौँ। कतिपयलाई करको दायराभित्र आउन नम्माने मानसिकता भएका व्‍यक्तिहरूलाई कर बढाएको जस्तो मात्र लागेका हो। तर, गाउँपालिकाले  अपांगको सिफारिस गर्दा, छात्राछात्रको सिफारिस, ज्‍येष्ठ नागरिक सिफारिसका लागि नि:शुल्क काम गर्दै आएका छौँ। 

तपाईंको अबको ५ वर्षे विशेष योजना के के छन्? 

आर्थिक वर्ष ०७५/७६का लागि ३५ करोड १६ लाख बजेट बिनियोजन भएको छ। त्यो बजेटमध्ये विकास बजेटमा धेरै बजेट पर्ने भएकाले बबई गाउँपालिकामा यो वर्ष पनि विकास हुन्छ। त्यस्तै, ५ वर्षभित्र सरकारी स्कुल जाने बालबालिकाहरूले नि:शुल्क पढ्न पाउनेछन्। सरकारी विद्यालयबाट गुणस्तरीय शिक्षा पाउनेछन्। त्यसैगरी, कुनै पनि गाउँटोलका मानिसहरूले स्टेचरमा बिरामीहरू बोकेर ल्याउनुपर्ने बाध्यता हट्नेछ। सबै गाउँटोलहरूमा एम्बुलेन्स पुग्नेछन्। त्यस्तै, बबई गाउँपालिकाका नागरिकहरूलाई ५ वर्ष भित्रमा शुद्ध खानेपानीको उपलब्ध गराउनेछौँ। सबैका घरघरमा धाराहरू पुग्नेछन्। त्यस्तै, सिँचाइ व्‍यवस्थापनका लागि योजनाहरू बनाएका छौँ। त्यस्तै ५ वर्षभित्रमा चुनावताका हामीले जनतासामु गरेका कुनै पनि प्रतिबद्धताहरू बाँकी हुन नदिने योजना बनाएका छौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.