|

डडेल्धुरा : कैलालीको अत्तरियामा विभिन्न पत्रपत्रिका जलाइएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ। 

सुदूरपश्चिम प्रदेशको स्थायी राजानी गोदावरीको तेघरीस्थित वन जंगल भएको क्षेत्रमा तोकिएपछि नागरिक, कान्तिपुर, अन्नपूर्णलगायका पत्रिकामा समाचार प्रकाशितपछि गोदावरीकाविरुद्ध समाचार लेखेको आरोप लगाउँदै बुधबार बिहान कैलालीको अत्तरियामा केही प्रेस स्वतन्त्रता विरोधी र आपराधिक तत्वले गाडी र पसलबाट पत्रिका थुती जलाइएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जिल्ला प्रशासन कार्यालय डडेल्धुरामार्फत प्रेस युनियनले शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र पठाएको हो। 

प्रदेश ७ को संसदले दुई तिहाई बहुमतले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकेपछि राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाले जंगल मासेर राजधानी बनाउँदा पर्यावरणमा गम्भीर असर पुग्ने, चुरे क्षेत्र खतरामा पर्ने, बाघको बाटोमा राजधानी लगायतका शीर्षक दिएर समाचार लखेका थिए। 

‘समाचारको विषयलाई लिएर पत्रिका जलाइनु अत्यन्तै निन्दनीय कार्य हो।’ ज्ञापन पत्रमा भनिएको छ। पत्रिका जलाउने अापराधिक काममा संलग्नलाई प्रचलित कानुन अनुसार कडा कारबाही गर्न प्रदेश ७ सरकारसँग जोडदार माग गर्दछौँ। आमनागरिकलाई सुसूचित हुने अधिकारबाट वञ्चित हुने गरी पत्रिका जलाइएको घटना प्रेस स्वतन्त्रतामाथिको नागो आक्रमण भएको हाम्रो ठहर छ।’ प्रेस युनियन अध्यक्ष धनबहादुर भण्डारीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ। 

स्थायी राजधानीसम्बन्धी समाचारलाई लिएर पत्रिका जलाउनु  लोकतान्त्रिक शासन व्यवस्थामा सुहाउने कुरा होइन। समाचारमा प्रकाशित विषयमा आफ्ना असहमति र असन्तुष्टि भए त्यसको सुसूचित हुन पाउने अधिकारमाथिको प्रहार भएको प्रेस युनियनको निष्कर्ष छ। 

संविधानको धारा १९ ले दिएको अधिकारलाई समेत चुनौती दिँदै भएको क्रियाकलापको जति निन्दा र भत्सर्ना गरेपनि कम हुने भन्दै प्रेस युनियनले घटनामा संलग्नलाई तत्काल पहिचान गरी कानुनको दायरामा ल्याउन सरकार र सरकोकार सबै निकायको ध्यानाकर्षण गराएको छ।

अापराधिक क्रियाकलापमा संलग्नलाई अविलम्ब कारवाही हुन नसकेमा नेपाल प्रेस युनियन कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.