|

बैतडी : जिल्ला अदालत बैतडीले किशोरीको बलात्कारपछि हत्या गरेको मुद्दामा डिलाशैनी गाउँपालिका–४ पिरेणीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ।

अदालतका श्रेस्तेदार भिमप्रसाद भुसालका अनुसार जोशीलाई सर्वस्वसहित जन्मकैद र थप आठ वर्ष कैद सुनाइएको हो। जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले शुक्रबार उक्त सजाय सुनाएको श्रेस्तेदार भुसालले जानकारी दिए। जोशीले २०७४ फागुन १७ मा पुर्चौडी नगरपालिका–१ हाटकी १७ वर्षीया डम्बरा भट्टलाई बलात्कार गरी हत्या गरेको आरोप लागेको थियो। 

पुर्चौडीमा व्यवसाय गर्दै बसेका जोशीले विद्यालयवाट घर फर्किरहेकी भट्टलाई आफ्नै कोठामा बोलाएर बलात्कार गरी हत्या गरेको  पुष्टि भएको श्रेस्तेदार भुसालले बताए। 

यस्तै, बैतडीको मेलौली नगरपालिका–२ का २९ वर्षीय किशोर राम ओडलाई किशोरी बलात्कारको दोषी ठहर गर्दै आठ वर्ष कैद र ४० हजार रुपैयाँ क्षतिपुर्तिको फैसला गरेको छ। ओडले गत जेठ ८ किशोरी बलात्कार गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.