|

कपिलवस्तु : शुद्धोधन गाउँपालिका–६ टिटिहिरियाबाट ११ किलो अवैध चाँदीसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही गाउँपालिकाको वडा नं. ४ फर्साटिकरका ४५ वर्षीय मुकेशचन्द्र गुप्ता र भारतीय नागरिक ३९ वर्षीय अक्तर मलिक मुसलमान रहेको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट लु १८ प ५३२६ नम्बरको एक थान मोटरसाइकल र ११ किलो ८६० ग्राम बराबरको विभिन्न गहना बनाइएको चाँदी बरामद गरिएको छ। तौलिहवा–भैरहवा सडकखण्डअन्तर्गत टिटिहिरियामा मोटरसाइकलमा सवारी उनीहरुलाई जाँच गर्दा करिब सात लाख ९३ हजार ९०० बराबरको चाँदी फेला पारेको प्रहरी नायब उपरीक्षक रवी रावलले बताए।

उनीहरुको साथबाट नगद एक लाख २० हजार २६० रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.