|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तिहारको अवसरमा आयोजित देउसी भैलाे कार्यक्रममा नाचेका छन्। 

रिपोर्टर्स क्लब नेपालको देउसी-भैलो टोलीसँग आइतबार प्रधानमन्त्री निवासमा प्रधानमन्त्री प्रचणड नाचेका हुन्।

त्यसक्रममा प्रधामन्त्री प्रचण्डले छिट्टै संविधान संशोधन हुने दाबी गरे। उनले भाषा विवाद, प्रदेशको सीमांकन, नागरिकता लगायतका सबै विषयमा सहमतिमै संविधान संशोधन हुने स्पष्ट पारे। 

प्रधानमन्त्री दाहालले सरकार तीन वटै निकायको चुनाव गर्न केन्द्रित भएको बताएका हुन्। उनले सरकारले संविधानको र्सवस्विकार्यता र राष्ट्रिय एकतामा समेत जोड दिएको बताए। 

प्रधानमन्त्री दाहालले सत्ता पक्ष र प्रतिपक्षवीचको तित्तता हट्दै गएकोले मुलुकमा अब निर्वाचन हुने वातावरण बनेको समेत विश्वास व्यक्त गरे। उनले भने, 'अहिले जुन खालको सत्ता पक्ष र प्रतिपक्षवीच समझदारी बन्दै गएको छ, यो अत्यन्तै सकारात्मक हो, अब मुलुकमा निर्वाचन हुने वातावरण बन्यो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.