|

कञ्चनपुर  : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको-८ का चार गाउँमा हात्तीको झुण्डले दुई दिनको अवधिमै स्थानीय किसानले २० विघा खेतमा लगाएको धानबाली दुईमै सखाप पारेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै चुरे फेदीको राष्ट्रिय वनबाट बस्ती छिर्ने गरेको हात्तीले पाकेर काटनै लागेको धानबालीमा व्यापक नोक्सानी गरेपछि किसानलाई समस्यामा पारेको छ।

धानबाली जोगाउनका लागि स्थानिय बासिन्दाले रात भर आगो बालेर र ड्रम बजाएर जाग्राम बस्दै आएका छन्। बालबालीका र बुढापापाकालाई हात्तीको आक्रमण बाट जोगाउन र घर भित्र भण्डारण गरिएको अन्न जोगाउनका लागि शुरक्षित स्थानमा राखिएको नगरपालिकाका वडा अध्यक्ष बहादुर सिंह महराले बताए।

‘हात्तीलाई समेत क्षति नहोस र स्थानिय किसानको खेतमा क्षति नपुगोस भनेर स्थानिय बासिन्दा संगै सामुदायिक वनको बन्यजन्तु सुरक्षा युनिटलाई परिचालन गरेका छौं’ उनले भने।

वर्षभरि खानका लागि खेतमा लगाइएको धानबाली हात्तीको झुण्डले सखाप पारेपछि परिवार पाल्नका लागि धानको जोहो कहाँ बाट गर्ने भन्ने चिन्ता थपिएको छ स्थानिय जयदेव भट्टले भने ‘लगाएको धानबाली हात्तीले खाएपछि परिवारलाई भोक भोकै राख्नुपर्ने भएको छ।’ ‘अरू कमाई गर्ने साधन छैन। हात्तीले एक विघामा लगाएको धानबाली पुरै नोक्सान गरेको छ। खेतमै उत्पादन भएको धान बेचेर र खानका लागि राख्दै आएका थियौं। अव आउनै लागेको चाडपर्वको खर्च धान्न समेत आफन्तलाई गुहार्नु पर्ने बाध्यता आइलागेको छ’ उनले भने।

नगरपालिकाको-८ ले संकलन गरेको विवरण अनुसार भमरभोजका तीन, नौखरीका चार, पिलरीका तीन र वेलडाँडीका नौ गरी १९ परिवारको धानबाली हात्तीको झुण्डले नोक्सानी गरेको छ। बिहीवार मात्रै हात्तीको झुण्डले नगरपालीकाको वडा नं १ र ११ का २० जना किसानको ६६ कट्टा जग्गामा लगाईएको धानबालीमा नोक्सानी गरेको थियो।

नगरपालिका कार्यालयले हात्ती नियन्त्रणका लागि कुनै पनि प्रयास नगर्दा स्थानीय बासिन्दा आक्रोशित भएका छन्। नगर प्रमुख लगायतले अनुगमन मात्रै गर्ने अश्वासन मात्रै दिने र नियन्त्रणका लागि प्रयास नगर्दा स्थानिय बासिन्दा आक्रोशित भएका हुन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.