|

सल्यान : सल्यानमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका ८ ज्वालापुर निवासी २१ वर्षीय सन्जु बुढाथोकीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानको जनाएको छ।

शारदा नगरपालिका ९ स्थित नेपानेको जंगलमा माटोको ढिस्कोले पुरिएर ४२ वर्षीय आमा लक्ष्मी पुन र उनीकी छोरी २१ वर्षीय बुढाथोकी घाइते भएकी थिइन्।

माटोले ढिस्कोले पुरिएर २१ वर्षीय छोरी सन्जुको उपचारको लागी अस्पताल ल्याउदैँ गर्दा बीच बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जनकारी दिए। घाइते आमाको जिल्ला अस्पताल सल्यानमा उपचारपछि घर फर्किएकी छिन्। शनिबार बिहान करिब पौने ८ बजेतिर उनीहरू घर लिप्ने माटो ल्याउन नेपानेको जंगलमा गएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.