|

पर्वत : कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशाेरी निर्मला पन्तको पक्षमा पर्वतका साहित्यकारहरूले सडकमा रचना वाचन गरेका छन्। निर्मलाको हत्या भएको दुई महिना वितिसक्दा पनि सरकारले हत्यारा पत्ता लागाउन नसकेको भन्दै सरकारलाई दबाब दिन उनीहरूले निर्मला काण्डको विषयमा रचिएका रचनाहरू सडकै जम्मा भएर वाचन गरेका हुन्।

सदरमुकाम कुश्मा बजारको लोकतान्त्रिक चोकमा जम्मा भएका साहित्यकारले नारी हिंसाविरुद्धको व्यानरसहित निर्मलाको हत्या र बलात्कारमा संलग्नलाई छिटोभन्दा छिटो कारबाहीको माग गरेका थिए। नमुना साहित्य मञ्च नेपालले आयोजना गरेको दबाबपूर्ण नारी हिंसाविरुद्धको सडक रचना वाचन कार्यक्रममा पर्वत, वाग्लुङ, म्याग्दी, कास्की लगायतका सर्जकहरूको पनि सहभागिता रहेको थियो।

रचना वाचनमा सहभागी भएका साहित्यकारले पन्त हत्याराको यथाशिघ्र छानविन गरी कानुनको कठघरामा उभ्याउनु पर्ने भन्दै हत्याकाण्डको प्रमाण नष्ट गर्नेमाथि कारवाही गर्नुपर्ने वताएका छन्। देशमा दुई तिहाई वहुमतको कम्युनिष्ट सरकार हुँदा पनि हत्यार पत्ता नलाग्नु दुखद खबर भएको उनीहरूको भनाई छ।

सर्जकले वाचन गरेका रचनामा पन्तको हत्याराको यथाशिघ्र छानविन हुनुपर्ने, नारीको वढ्दो असुरक्षा, हत्या हिंसाले चरम सिमा नाघेको, दोषीलाई कारबाही हुन नसकेको लगायतका भाव झल्किएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.