समाज

सिन्धुलीमा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु
SHARES

असोज २१, २०७५

    सिन्धुली : कमलामाई नगरपालिका–५ सिलामेमा शनिबार राति ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका २१ वर्षीय रमेश घिसिङको रहेको प्रहरीले जनाएको छ। 

    दुर्घटनामा गम्भीर घाइते घिसिङलाई उपचारका लागि सिन्धुली अस्पताल पु¥याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए। 

    शनिबार राति पौने ९ बजे कमलामाई नगरपालिकाको माडीबजारबाट सिलामेतर्फ जाँदै गरेको ‘अनटेष्ट’ ट्रयाक्टर सिलामेमा दुर्घटना भएको हो। ट्रयाक्टर सडकदेखि करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रयाक्टर चालक भने फरार रहेकाले उनको खोजी भइरहेको प्रहरी उपरीक्षक यादवले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]