|

जाजरकोट : प्रशासनले गाउँगाउँमा अनुगमन तीव्र बनाएपछि व्यापारीहरूको भागाभाग भएको छ। जिल्लाका मुख्य व्यापारिक केन्द्रहरुमा प्रशासनको अनुगमन बढेपछि कालोबजारी, म्याद गुज्रेको सामग्री बिक्री गर्दै आएका र अवैध मेडिकल सञ्चालकहरूको भागाभाग भएको हो।

अवैध मेडिकलमा उपचार गउाएका एक व्यक्तिको मृत्यु भएपछि मेडिकलको अनुगमन तीव्र पारिएको छ। प्रशासनको टोली गाउँ, गाउँमा अनुगमनमा पुगेपछि अवैध तरिकाले मेडिकल सञ्चालन गरेकाहरू भागेका छन्। प्रशासनले एकै पटक मेडिकल, पसल दर्ता गरे\नगरेको, म्याद गुज्रेका सामग्री, म्याद गएका औषधीको समेत अनुगमन तीव्र बनाएपछि यहाँका व्यापारीहरू पसलै छाडेर भागेका हुन्।

त्यस्तै यातायातका साधनमा मनपरी भाडा असुल्न थालिएको गुनासो आउन थालेपछि यातायातका साधनमा समेत अनुगमन थालिएको छ। प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले स्थानीय उपभोक्ता तथा यात्रु नठगिने वातावरण बनाउन अनुगमन सुरु गरिएको बताए।  प्रशासन, प्रहरी, कोष तथा लेखा नियन्त्रण कार्यालय, उद्योग वाणिज्य संघ नेपाल पत्रकार महासंघ लगायत सरोकारवाला निकायको संयुक्त टोलीले मंगलबार देखि अनुगमन थालेको हो। सदरमुकाम खलंगाबाट सुुरु गरिएको अनुगमनलाई जिल्लाभर  पुगेको छ। 

त्यस्तै पाँच वर्षदेखि निर्माण हुन नसकेको मोर्क खोलाको पुल, अन्य विकास निर्माणको समेत अनुगमन गरिएको छ। गाउँगाउँमा शान्ति सुरक्षाको अवस्थाबारेमा बुझ्ने काम भएको डीएसपी रवीन्द्रबहादुर सिंहले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.