फिचर

नयाँ नोट पाउँदाको खुसी, फोटो
SHARES

असोज २१, २०७५

    काठमाडाैं : नेपाल राष्ट्र बैंकले आइतबारदेखि दसैंँका लागि नयाँ नोट साट्न थालेको छ। राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुला गरेको हो। राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले गत वर्षजस्तै यस वर्ष पनि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही सुविधा दिएको बताए।

    ‘२१ गतेदेखि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही हुन्छ,’ प्रवक्ता पौडेलले भने। राष्ट्र बैंकले विभिन्न २१ स्थानबाट नयाँ नोट सटही गर्दै छ। राष्ट्र बैंकले आफूले बाहेक वाणिज्य बैंकहरूलाई पनि नयाँ नोट साट्ने जिम्मेवारी दिएको छ। गत वर्ष पनि वाणिज्य बैंकहरूले नयाँ नोट सटही गरेका थिए। राष्ट्र बैंकले १२ असोजबाटै वाणिज्य बैंकलाई नयाँ नोट उपलब्ध गराएको थियो। 

    आइतबार थापाथलीस्थित नेपाल राष्ट्र बैंकमा नयाँ नोट साट्ने सर्वसाधारणको लाइन :


    अाजबाट दसैँका लागि नयाँ नाेट साट्न पाइने, एक जनालाई २७ हजार 
     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]