|

काठमाडौं : अनमोल केसी स्टारर फिल्म 'क्याप्टेन'ले आफ्नो प्रदर्शन मिति तय गरेको छ। धेरै पटक अनौपचारिक रिलिज मिति तय गरेको यस फिल्मले अब भने फागुन १७ गतेलाई आफ्नो प्रदर्शन मिति पक्का गरेको हो।

भुवन केसीको निर्माण रहेको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन्। खेलाडीको कथामा निर्माण भएको फिल्ममा अनमोलसँगै सरोज खनाल, सुनिल थापा, विल्सन विक्रम राई, प्रशान्त ताम्राकार, सलोन बस्नेत लगायतको मुख्य भूमिका रहेको छ। उपसन सिंह ठकुरी र प्रियंका एमवी चेरीले यसै फिल्मबाट डेब्यु गर्दैछन्।

सामिप्यराज तिमल्सिनाको कथा रहेको फिल्मलाई निर्देशक भट्टराईले नै लेखेका हुन्। सुदिप बराल डिओपी रहेको फिल्ममा नवराज शर्माको छायांकन तथा दीर्घ गुरुङको सम्पादन रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.