|

ओखलढुंगा : रानीवनको लहर्मी कृषिफर्म जिल्लाकै उदाहरणीय बनेको छ। चम्पादेवी गाउँपालिका १० रानीवनमा तेजेन्द्र विष्टले ५५ लाख बढी लगानीमा गरेको कृषि फर्म उदाहरणीय बनेको हो। जिल्लाकै विकट मानिने पश्चिमी क्षेत्रमा ५० रोपनी भन्दामाथि जमिनमा फैलिएको कृषिफर्म ओखलढुंगाको पश्चिमी क्षेत्रका युवा पुस्तालाई प्रेरणाको स्रोतसम्म बनेको छ। विष्टले आफ्नो कृषिफर्ममा विभिन्न जातका फलफूल लगाउनका साथै पशुपंक्षीसमेत पालेका छन्।

२०७३ मा भरतले नेपालमाथि गरेको नाकाबन्दीका बेला आफूले देशका १६५ भन्दा बढी फर्ममा भ्रमण गर्न मौका मिलेका कारण कृषिबाटै केही गर्न सकिने भएर आफू यो पेसामा लागेको विष्टको भनाइ छ। युवा विदेश पलायन भइरहेको अवस्थामा देशमा केही गर्छु भनेर लागी परेका युवालाई स्थानीय तहले पनि प्रोत्सान गर्ने चम्पादेवी गाउँपालिका १० का वडा अध्यक्ष उज्जन बुढाथोकीले बताए। 

चम्पादेवी गाउँपालिकाको रानीबनमा अहिले बिष्टले ३ रोपनी जमिनमा ५०० हेवार्ड जातको किवी, २० रोपनीमा सुनकागती एकहजार ५००, एक्सपोर्ड जातको अनार ३००, एकहजार बढी स्थानीय जातको केरा, ३०० रुद्राक्ष, १५० बुद्ध चित्तका बिरुवा लगाएर हरियाली मात्रै होइन समणीय बनाउन सफल हुनु भएका छन् भने आफ्नै नर्सरीमा १५ हजार अकवरे खोर्सानी बन्दा, काउली लगायतका तरकारीका बिरुवा समेत उत्पादन गरी रहेका छन्। उनले बिरुवा मात्रै नभएर चारवटा पोखरीमा २४ हजार माछा, चार वटा खोरमा एक हजार ५०० बढी कुखरा र बंगुर समेत पालेर युवका लागी प्रेरणाको स्रोत बनेको छ।

विष्टले कृषिमा केही गर्छु भनेर लागी परेपछि पछिल्लो समय  रानीवनका युवा गाउँबाट अन्यत्र पलायन हुन समेत छाडेको लामो समयदेखि गाउँमै बाख्रा फर्म खोलेर बाख्रापालन व्यवसायमा रमेका भवानी शंकर ढुंगेलले बताए। आगामी दुई वर्षमा जिल्लालाई मासु तथा फलफूल र अण्डामा आत्मनिर्भर बनाउन सफल हुने बताउँदै विष्टले रानीवनलाई व्यावसायिक बनाउने उद्देश्यका साथ आफू लागिपरेको बताए। 

अहिले आफ्नो फर्ममा दैनिक एक हजार १०० अण्डा, मासिक ५०० केजी मासु र तरकारी उत्पादन हुने गरेको भए पनि अगामी दिनमा आफ्नो फर्मबाट दैनिक पाँच हजार अण्डा र एक हजार केजी मासु र जिल्लामा भएका वजारलाई पुग्ने गरी तरकारी उत्पादन गर्ने लक्ष रहेको उनको भनाई छ। परम्परागत खेतीबाट लगानी पनि नउठ्ने भएको हुँदा सबैलाई आधुनिक प्रणालीबाट खेती गर्न सल्लाह दिने विष्टले अहिले तीन परिवारका १५ जना र एक जना कृषि प्राविधिक समेतलाई रोजगार दिएका छन्।  

वार्षिक ५ लाख आम्दानी हुने गरेको भए पनि  १० लाख बढी खर्च हुने गरेको उनको भनाई छ। १५ जानलाई दिने तलव भत्ता दिनका लागि फर्मको आम्दानीले नधान्ने भए पनि भोलिका दिनमा आफूले लगानी उठाउने सपनाको साथमा लागी परेको बताए। राज्यबाट आफूले आजसम्म कुनै आर्थिक सहयोग नपाए पनि निरन्तरको प्रयासमा सफल भइने र मन भए  कसैको सहयोगबिना कृषिमा सफल भइने बिष्टले बताए। पछिल्लो समय ओखलढुंगामा कृषि पेसामा युवा व्यवसायिक बन्न थालेका छन्। जिल्लाको पश्चिमी भेगमा मात्रै २ दर्जन बढी युवा व्यावसायिक कृषिबाट आत्मनिर्भर बन्न थालेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.