|

धनगढी : यस वर्षको योगेश्वर कलासाहित्य पुरस्कार धनगढीका साहत्यिकार पद्मराज जोशीलाई प्रदान गरीएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार एक कार्यक्रमबीच जोशीलाई पुरस्कार प्रदान गरेका हुन्। नेपाली साहित्य र समाज सेवामा पुर्‍याएको योगदानको कर स्वरुप जोशीलाई पुरस्कार प्रदान गरिएको हो।

नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष, गोदावरी महाकुम्भका योजनाकार तथा सामाजिक अभियन्ता जोशीले यसक्षेत्रको भाषा, साहित्य र धर्म संरक्षणमा ठूलो योगदान पु¥याएको भन्दै  २५ हजार रुपैंया र ताम्रपत्र सहितपुरस्कृत गरिएको हो। पुरस्कार ग्रहण गर्दै साहित्कार जोशीले आफूलाई थप उर्जा दिएको बताए। ‘यो सम्मानले थप हौषला दिएको छ’ जोशीले भने।

पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री भट्टले साहित्य समाजका हरेक कुराहरुको उजागरमा महत्वपूर्ण पाटो भएको बताए। ‘साहित्य विनाको समाज र समाज विनाको साहित्य अधुरो छ’मुख्यमन्त्री भट्टले भने ‘हामीले दुबैको संरक्षण गर्नुपर्छ।’ हरेक साहित्यकार सकारात्मक रुपमा प्रस्तुत भएमा देशको समृद्धि सम्भव हुने उनले बताए।

कार्यक्रमम नेपाली कला साहित्य डट कम प्रतिष्ठानका अध्यक्ष मोमिला जोशी लगायत देशभरका दर्जन बढी र स्थानीय साहित्यकारहरुको पनि सहभागीता रहेको थियो। प्रतिष्ठानका उपाध्यक्ष एवं कवि राजेश्वर कार्कीले आफ्ना पिताको स्मृतिमा एक दशक अघि उक्त पुरस्कार स्थापना गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.