|

काठमाडौं : फिल्म 'चङ्गा चेट'को ट्रेलर रिलिज भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। कमेडीले भरिपूर्ण ट्रेलरमा फिल्मका सम्पूर्ण कलाकार फिचरिङ छन्। ट्रेलरमा तीन युवाले पैसा कमाउनको लागि गरेको संघर्ष देखाइएको छ।

कात्तिक १६ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सन्दीप क्षेत्री, रवीन्द्र झा, सुरक्षा पन्त र परमिता आरएल राणा, अर्पण थापा लगायतको मुख्य भूमिका रहेको छ।

डार्क कमेडी फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन्। माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा प्रदीप भारद्वाजको पटकथा, अर्जुन पोखरेल, राजनराज सिवाकोटी र मिस्टर आरजेको संगीत समावेश छ। निरक कँडेलले खिचेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन्।

हेर्नुहोस् ट्रेलर :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.