|

भोजपुर : भोजपुर सदरमुकाममा आगलागी हुँदा एक घर जलेको छ। आइतबार दिउँसो चेङ्मेनी चोक स्थित जयबहादुर तामाङको घरमा आगलागी भएको हो।

ग्याँस सिलिन्डर लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ। घरमा सञ्चालित केएफसी होटलबाट सुरु भएको आगो करिब आधा घण्टापछि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा नियन्त्रणमा आएको थियो। आगलागीबाट उक्त घरमा सञ्चालित केएफसी होटलका साथै एक किराना पसलको सम्पूर्ण सामान जलेर नष्ट भएको छ। मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

आगलागीबाट घरको व्यक्तिगत धनसम्पत्ति, किराना पसल र होटल गरी कुल ६० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी काार्यलय भोजपुरका प्रहरी नायब उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए। आगो चाँडै नियन्त्रणमा आएकाले अन्य घरहरु भने क्षति हुनबाट बचेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.