|

भद्रपुर (झापा) : झापामा लामखुट्टेबाट हुने डेंगु रोग नियन्त्रण अभियान थालिएको छ। असोज र कात्तिकमा डेंगुको प्रकोप बढी देखिने भएकाले नियन्त्रण अभियान थालिएको बताइएको छ।

जिल्लाका सबै स्थानीय तहले प्रत्येक वडामा अभियान सुरु गरेको छ। स्थानीय तहका स्वास्थ्य शाखाले डेंगु प्रभावित क्षेत्रमा सतर्कता अपनाउँदै जनचेतनामुलक कार्यक्रम गर्दै आएका छन्। भद्रपुर, मेचीनगर, बिर्तामोड, अर्जुनधारा, कनकाई, शिवसताक्षी र दमक नगरपालिकाले बजार क्षेत्रमा विशेष अभियान थालेका छन्। 

भद्रपुर नगरपालिका स्वास्थ्य शाखाले सदरमुकामस्थित भद्रपुर बजार क्षेत्रमा घरदैलोमार्फत अभियान सञ्चालन गरेको छ। स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिसहितको टोलीले डेंगु उत्पादन हुने लार्भा नष्ट गर्न गरेका छन्। 

सफा पानी जमेको स्थानमा लामखुट्टेले अण्डा पार्ने भएकाले जमेको पानीको पहिचान गर्दै डेंगुको लार्भा नष्ट गर्न थालिएको स्वास्थ्य शाखा प्रमुख पुस्कर निरौलाले जानकारी दिए। उनका अनुसार टीनका डब्बा, रंगका खाली डब्बा, थोत्रा टायर, अलकत्र वा मट्टितेलका खाली ड्रम, फुलदानी, गमला, कुलर, पानी ट्यांकीमा डेंगुको लार्भा भेटिने गरेकाले त्यस्ता सामग्री प्रयोग भएको स्थानमा गएर लार्भा नष्ट गरिरहेको छ।

भद्रपुर नगरपालिकाको वडा नं. १, २, ३ र ५ मा डेंगु नियन्त्रण अभियान  सम्पन्न भइसकेको छ। स्वास्थ्य शाखाले आइतबार वडा नं. ७ र १० चन्द्रगढी बजार क्षेत्रमा अभियान थालेका छ। नगर प्रमुख जीवनकुमार श्रेष्ठले नगर क्षेत्रमा डेंगु रोग नियन्त्रणका लागि नगरवासीले सहयोग पुर्याए अकालमै ज्यान जानबाट जोगिने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.