|

तनहुँ : उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले निर्वाचनको समयमा गरेको प्रतिवद्धता पुरा गर्न वर्तमान सरकार कटिवद्ध रहेको बताएका छन्। 

नेकपाका नेता स्वर्गीय केवलबहादुर श्रेष्ठको तेह्रौं पुन्य तिथिका अवसरमा दमौलीमा आइतबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा रक्षा मन्त्री पोखरेलले निर्वाचनका प्रतिवद्धता पुरा गर्न सरकार लागिपरेको बताएका हुन्।  ‘निर्वाचनका प्रतिवद्धता पुरा गर्न योजनावद्ध तरिकाले हामी लागिरहेका छौं,’ रक्षा मन्त्री पोखरेलले भने।

चुनावका घोषणा पत्रमा उल्लेख गरेका प्रतिवद्धताहरु पुरा गर्न सरकार लागिपरेको उनको भनाइ छ। ‘सरकार बनेको छोटो समयमै केही कामहरु पुरा भइसकेका छन्, सबै एकै चोटी पु्रा हुन्छ भन्ने सोच्नु गलत हो, विकास र समृद्धिलाई निष्कर्षमा पुर्‍याउन सरकार कटिवद्ध भएर लागिरहेको छ,’ उनले भने। 

नेकपाका नेता केवलबहादुर श्रेष्ठले पार्टीमा पुर्‍याएको योगदानको योगदानको चर्चा गर्दै उनले श्रेष्ठको सपना र चाहना पुरा गर्न आफुहरु लागिरहने रक्षा मन्त्री पोखरेलले बताए। स्वर्गीय केवलबहादुरका छोरा एवं सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ले बाबुले देखाएको बाटो आफूले पछ्याउने बताए। 

नेकपाका केन्द्रिय सांसद एकबहादुर राना, प्रतापलाल श्रेष्ठ, नेकपाका नेता श्रीप्रसाद श्रेष्ठ, भगवती न्यौपानेलगायतकाले स्वर्गीय श्रेष्ठको निधनले पार्टीमा अपुरणिय क्षति पुगेको बताएका थिए। स्वर्गीय केवलबहादुरप्रति श्रद्धाञ्जलीकालागि नेकपाका नेता, कार्यकर्ता एवं शुभेच्छुकहरुको ठूलो सङ्ख्यामा भिड लागेको थियो। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.