समाज

ट्रयाक्टर दुर्घटनमा एक जनाको मृत्यु, छ घाइते
SHARES

असोज २२, २०७५

    बनेपा : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ गणेश सवालस्थित आइतबार राति ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु हुनुका साथै ६ जना घाइते भएको छ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार ढुङ्खर्कबाट पनौतीतर्फ आइरहेको ना ४ त २८४० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकमा पल्टिँदा घाइते भएका सर्लाही जिल्ला हरिपुर नगरपालिका–६ का २५ वर्षीय इमरन मन्सुरको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा परी घाइते भएकामध्ये सर्लाही जिल्ला हरिपुर नगरपालिका–६ का ३५ वर्षीय जनग मन्सुर, सोही ठाउँका १६ वर्षीय फिरोज मन्सुर र २३ वर्षीय असरख मन्सुरलाई काठमाडौंस्थित वीर अस्पतालमा रिफर गरिएको खड्काले जानकारी दिए।

    घाइते भएका जगागिर मन्सुर, नाजम मन्सुर र इकुन मन्सुरको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ। प्रहरीका अनुसार घाइतेको अवस्था सामान्य रहेको छ। ट्रयाक्टरमा चालक कासी मन्सुरसहित आठ जना सवार रहेका थिए। चालक मन्सुर सामान्य घाइते भएको र उनलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।

    सो समूह ट्रयाक्टरमा थोत्रो कपडा पेल्ने मेसिनसहित सिरक, डस्ना बनाउने काम गर्दै हिँड्ने गरेका रहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]