|

अमेरिकाको न्यूयोर्कमा पार्टीमा सहभागी हुन गइरहेका मानिसहरु चढेको कार दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ।

सुविधासम्पन्न लिमोजिन कारमा सवार यात्रु चढेको कार दुर्घटना हुँदा कारमा सवार १८ जना र दुई जना पैदलयात्रीको ज्यान गएको छ।  अत्याधिक गतिमा रहेको आशंका गरिए्को लिमो कारले पहिला एउटा अर्को कारलाई ठक्कर दिएपछि अनियन्त्रित भई रुखमा ठोक्किन पुगेको थियो। कारमा सवार सबै १८ जना एउटा भोजमा हिँडेको बताइएको छ।

शुरुमा एउटा विवाह समारोहमा हिंडेको बताइए पनि केही सञ्चारमाध्यमले उनीहरु एउटा जन्मदिनको कार्यक्रममा सहभागी हुन गईरहेको दाबी गरेका छन्। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ। विश्वकै सुविधासम्पन्न मानिने लिमोजिन दुर्घटनामा यती धेरैको ज्यान गएको संभवतः यो पहिलो घटना हो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.