लाइसेन्स खारेजीको माग

|

अछाम : ‘मदिराको कारण तपाईंहरूलाई निकै समस्या भयो भन्ने आवाज लामो समयदेखि उठिरहेको छ। अब मदिरा नियन्त्रणका लागि तपाईहरू नै लाग्नुहोस्। यसका लागि सबै अधिकार तपाईहरूले लिनु पर्यो’ पञ्चदेवल विनायक नगरपालिका ६ तोलिका वडा अध्यक्ष पुर्णबहादुर रावलले यति भनिरहँदा वसन्तीडाँडाको पीपल चौतारामा उपस्थित भएका करिब २ सयभन्दा बढी महिलाहरूको अनुहारमा खुसीको भाव झल्किन्थ्यो। 

मदिरा सेवनका कारण समाजमा विभिन्न किसिमका घटना घटिरहेको भन्दै महिलाहरू स्वस्फुर्त रूपमा मदिरा बन्द गर्ने अभियानमा जुटेका छन्। नगरपालिका ६ मा गठित आमा समुहका महिलाहरूले मदिरा पुर्ण रुपमा बन्द गर्न स्थानिय सरकारलाई आग्रह गरेका हुन्। श्रीमान मदिरा सेवन गरेर अबेर राति घरमा आउने गरेका कारण घरमा हरेक किसिमका समस्या भईरहेको अधिकांस महिलाहरूको भनाइ थियो। ‘अन्य समयमा राम्रो स्वभाव देखाउने आफ्नो श्रीमानले मदिरा सेवन गरेपछि भिन्न आरोप प्रत्यारोप लगाएर घरमा बसिनसक्नु भएको छ’ स्थानिय एक महिलाले बताइन्।  

बसन्तिडाँडा बजारमा भेला भएका महिलाहरूले हातमा प्ले कार्ड बोकेर नारा जुलुसका साथ र्‍यालि गरेका थिए। उनिहरूले महिला हिंसा अन्त्य गरौँ, जाड रक्सी बन्द गरौँ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। अवैध मदिरा पुर्ण रुपमा बन्द गर्नको लागि वडा कार्यपालिकाले चलाएको अभियानमा आमा समूहका महिलाहरू महत्वपुर्ण सहायोगी बनेका छन्। 

वडा पालिकाले वडाको सिमा क्षेत्र भित्र अवैध मदिरा उत्पादन तथा ओसार पसार गरेको पाइएमा बरामद गर्ने निर्णय निर्णय गरेको छ। मदिरा बरामद गर्ने पुर्ण अधिकार आमा समूहलाई दिईएको छ। मदिरा बरामद भएमा तिराइने ५ हजार जरिवाना मध्ये २ हजार ५ सय रुपैया आमा समूहलाई दिइने वडा कार्यालयले जनाएको छ। 

मदिराको लाइसेन्स खारेजीको माग 

महिलाहरूले वडा भित्र पक्कि मदिरा पनि बिक्री गर्न नहुने बताएका छन्। र्‍यालिको क्रममा उनिहरूले मदिराको लाईसेन्स खारेज गरौ लेखिएको प्लेकार्ड बोकेका थिए भने यसै विषयमा नाराबाजी गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.