|

काठमाडौं : फिल्म 'बादशाह जुट'को पहिलो गीत रिलिज भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश 'काफल पाक्यो' बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा कृष्ण भारद्वाजको संगीत तथा डिपी खनालको शब्द समावेश छ। गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर सुन्न सकिन्छ।

लोक लयमा तयार पारिएको उक्त गीतको भिडियोमा प्रियंका कार्की, सुशिल श्रेष्ठ र आमिर गौतमको नृत्य देख्न सकिन्छ। भिडियोमा विक्रम स्वाँरको नृत्य नर्देशन रहेको छ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर पुस १३ गतेबाट प्रदर्शनमा आउने 'बादशाह जुट'मा सुशील र आमिरसँगै रविन तामाङ, रोशी खड्का, रश्मि पाण्डे, सुधा रावतलगायतको मुख्य भूमिका रहेको छ। नायिका प्रियंका कार्कीको भने फिल्ममा विशेष भूमिका रहेको छ।

जोनीसिंह राणाको निर्देशनमा तयार भएको यस फिल्मलाई भोजराज श्रेष्ठिले निर्माण गरेका हुन्। 'एच एण्ड बी फिल्म्स' र 'गोल्डेन ग्रेप्स फिल्म्स एण्ड इन्टरटेनमेन्ट'को संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा राजकुमार उप्रेतीको द्वन्द्व, कृष्णसँगै कोसिस क्षेत्री र मोहित मुनालको संगीत, उत्तम हुमागाईंको छायांकन, दीर्घ खड्काको सम्पादन रहेको छ।

हेर्नुहोस् गीत :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.