|

डोल्पा : नेपाल एअरलाइन्सले कर्णालीका जिल्लामा नियमित उडान सुरु गरेको छ। आइतबारदेखि हुम्लाको सिमीकोट, जुम्लाको खलंगा, रुकुमको सल्ले विमानस्थलमा उडान गरेसँगै नेपाल एअरलाइन्सले नियमित उडान सुरु गरेको हो।

नेपाल एअरलाइन्सको एउटा जहाज नेपालगंज विमानस्थलमै राखेर कर्णालीकावासीलाई नियमित हवाई सुविधा दिने व्यवस्था गरिएको नागरिक उड्डयन प्राधिकरण नेपालगंजका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए। ट्वीनएटर जहाजमा खराबी र पाइलट नभएको समस्या देखाउँदै नेपाल एअरलाइन्सले एक महिनादेखि कर्णालीमा नियमित उडान गर्न सकेको थिएन।

सोमबार मात्रै नेपाल एअरलाइन्सले डोल्पाको जुफाल, मुगुको ताल्चा, रुकुमको सल्ले र बाजुरा उडान गरेको समेत विमानस्थल प्रमुख ठाकुरले जानकारी दिए।कर्णालीबासीका लागि जिल्ला बाहिर आवत-जावत गर्ने भरपर्दो माध्यम जहाज नै भएकाले नेपाल एअरलाइन्सको नियमित उडानसँगै कर्णालीबासीलाई राहत मिलेको छ।नेपाल एअरलाइन्ससहित तारा, सीता,समिट एअरलाइन्सले कर्णालीमा हवाई सुविधा दिँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.