|

बाँके: वडा प्रहरी कार्यालय नेपालगन्जले भारतबाट अवैध रुपमा ल्याउँदै गरेका १६ वटा खसी, बोका बरामद गरेको छ। चाडपर्वका बेला हुने अवैध पशुपंक्षी ओसार-पसारलाई निरुत्साहित गर्न गस्तीमा गएको प्रहरी टोलीले आइतबार बेलुकी करिव ७ बजेका समयमा नेपालगन्ज उपमहानगरपालिका-९ बाँकेगाउँबाट उक्त खसी, बोका बरामद गरेको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए। 

गस्तीमा रहेको प्रहरी टोलीले भारतबाट ल्याउँदै गरेको ५६ क्यारेट कुखुराको अण्डा सोमबार विहान नेपालगन्ज उपमहानगरपालिका-१२ कोरियनपुरबाट बरामद गरेको उनले बताए। भारतबाट अवैध रुपमा साइकलमा राखेर नेपाल ल्याउँदै गरेको अवस्थामा ९४ वटा ब्रोइलर कुखुरा र तीन वटा साइकल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

नियन्त्रणमा लिइएका खसी, बोका, कुखुरा र अण्डा आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जमा बुझाइएको प्रहरी निरीक्षक डाँगीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.