राजनीति

भागबण्डामा चुनिए सभापति : नेकपालाई ३, कांग्रेसलाई १
SHARES

असोज २२, २०७५

    धनगढी : सुदूरपश्चिम प्रदेश सभाका विभिन्न चारवटा विषयगत समितिका सभापतिहरूले सोमबार सपथ ग्रहण गरेका छन्। उनीहरूलाई सुदूरपश्चिम प्रदेश सभा परिसरमा सभामुख अर्जुनवहादुर थापाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।

    अर्थ विकास तथा प्राकृतिक समितिमा हर्कबहादुर कुँवर (गोविन्द), सामाजिक विकास समितिमा कुन्ती जोशी, बिधायन तथा प्रदेश मामिला समितिमा नेपालु चौधरी र सार्वजनिक लेखा समितिमा कुमारी नन्दा बम सभापति भएका हुन्। कुँवर, जोशी, चौधरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का हुन्। बम प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट सभापतिमा भएकि हुन्।

    चारै जना भागबण्डाको आधारमा आइतबार नै निर्विरोध भएका थिए। सोमबार समितिका सभापतिहरूको सपथग्रहण समारोहमा प्रदेशका सवै मन्त्री, सांसद लगायतको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]