|

विराटनगर : प्रदेशको नाम र राजधानीको टुंगो लगाउन भन्दै बसेको नेकपा १ नम्बर प्रदेश संसदीय दलको बैठक प्रमुख सचेतक र सचेतक नियुक्त गर्दै सकिएको छ। 

प्रदेशको नाम र राजधानीबारे दुईदिन छलफल गरी गएको साता स्थगित भएको बैठक सोमबार प्रमुख सचेकमा बुद्धिकुमार राजभण्डारी र सचेतकमा सीता थेबेलाई चयन गर्दै सकिएको हो। 

प्रदेशको नाम र राजधानीको विषय अर्को अधिवेशनमा टुंगो लगाउने तयारी मुख्यमन्त्रीले गरेपछि त्यसबारे बैठकमा थप छलफल नभएको नेकपाका सांसद कुलप्रसाद साम्बाले जानकारी दिए। प्रमुख सचेतक चुनिएका राजभण्डारी यसअघि नेकपा एमालेका प्रमुख सचेतक थिए भने सचेतक थेबे माओवादी केन्द्रकी सांसद थिइन्।

पार्टी एकीकरणपछि दलको नेता र उपनेता चयन भए पनि नेकपाले प्रमुख सचेतक र सचेतक भने चयन गरेको थिएन। दुवै दलका सचेतकहरूले नै यसअघि पनि काम गर्दै आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.