|

दाङ : संघीय संसदका सभामुख कृष्णबहादुर महराले दाङमा दुईवटा विमानस्थल सञ्चालनमा आउने बताए। सोमबारदेखि नियमित बनेको दाङमा टरिगाउँ विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख महराले दाङको नारायणपुरमा अन्तर्राष्ट्रिय स्तरको र तुलसीपुरको टरिगाउँमा आन्तरिक विमानस्थलका रुपमा विकास हुने बताएका हुन्।

‘दाङमा दुई वटा विमानस्थल सञ्चालनमा आउछन्’ उनले भने ‘ नायारणपुरमा अन्तर्राष्ट्रिय र टरिगाउँमा आन्तरिक विमानस्थलको रुपमा बिकास हुन्छ।’ उनले तुलसीपुर विमानस्थलमा केही समयमै अस्थायी हवाई इन्धन डिपो सञ्चालनमा आउने भन्दै यसले विमानस्थल नियमित बनाउन थप मद्दत पुग्नुका साथै भाडामा पनि हेरफेर हुन सक्ने बताए। साथै स्थायी इन्धन डिपो स्थापन गर्न आफूहरूले पहल थालिरहेको भन्दै स्थायी भएमा अनियमित हुने समस्याको अन्त्य हुने समेत बताए। 

साथै केही निजी एयरलाइन्सहरूले दाङमा पाइलटको तालिम सुरु गर्ने भनी सरकारसँग प्रस्ताव गरेकाले त्यो पारित भएमा दाङमा विमान नियमित सञ्चालन हुने बताए। ‘निजी एयरलाइन्सहरूले पनि दाङमा पाइलट तालिम सञ्चालन गर्ने भनी प्रस्ताव गरेका छन्’ उनले भने ‘ पाइलट तालिम सञ्चालनका लागि दाङ आउने भएपछि हामीलाई पनि विमान सेवा नियमित बनाउन सहज हुन्छ।’  

सोमवारदेखि दाङको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन हुनेछ। प्रत्येक हप्ताको सोमबार र शुक्रबार बिमान सेवा सञ्चालनमा आएकाे छ। विमान सेवा सञ्चालन आएपछि यहाँका नागरिकलाई भने सहज भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.