|
बेइजिङमा अमेरिकी र चिनियाँ विदेशमन्त्री

एसियाली शक्तिराष्ट्रको घरेलु तथा अन्तराष्ट्रिय नीतिलाई लिएर अमेरिकी पक्षबाट लगाइएको आरोपलाई लिएर एसिया भ्रमणको शिलशिलामा चीन पुगेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उनका चिनियाँ समकक्षी वाङ यीबीच सोमबार तातो बहस भएको छ। 

उत्तर कोरियाली आणविक निशस्त्रीकरणको विषयलाई लिएर एसिया भ्रमणको अन्तिम दिन चीन आएका अमेरिकी कुटनीतिज्ञ पोम्पेओ र चिनियाँ विदेशमन्त्री यीले भेटमा उक्त विवादबारे परस्पर विभाजित धारणा राखेका छन्।

“अमेरिका र चीनबीच एक अर्काले आयात गर्ने सामानमाथि अबौँ डलर बराबरको कर बढाउने निर्णयपछि अमेरिकाले व्यापार विवादबारे भ्रामक धारणालाई प्रचारमा ल्याएको छ जुन विल्कुल गलत हो,” चिनियाँ सञ्चारमाध्यमले दियायुताई गेष्ट हाउसमा भएको भेटमा विदेशमन्त्री वाङले पोम्पेओसँग राखेका विचारलाई उद्धृत गरेका छन्।

अमेरिकाले स्वशासित प्रजातान्त्रिक उपद्वीप ताइवानमा चीनविरोधी ‘श्रृङ्खलापूर्ण गतिविधि सञ्चालन गरेका’ आरोप चिनियाँ विदेशमन्त्रीले लगाए। ताइवानलाई चीनले आफ्नो विद्रोही प्रान्तका रूपमा लिँदै आएको छ। अमेरिकी गतिविधिले चीनको सार्वभौमसत्तामाथि आघात पुगेको उनले आरोप लगाए।

यी गतिविधिले दुवै पक्षका आपसी विश्वासमाथि प्रभाव पारेको र यसले चीन–अमेरिकाबीचको सम्बन्धलाई छाँयामा पारेको र यो हाम्रा दुई देशका जनताको चासो विपरित भएको वाङको भनाई थियो।

केही दिनपहिले अमेरिकी उपराष्ट्रपति माइक पेन्सले चीनलाई सैन्य उत्तेजना फैलाएको, व्यावसायिक चोरी गरेको, मानव अधिकार उल्लङ्घनका घटनामा बढोत्तरी गराएको र अमेरिकी निर्वाचनमा ट्रम्पविरुद्ध हस्तक्षेप गरेको लगायतका आरोप लगाएका कारण पनि चीन अमेरिकासँग खुशी छैन।

चीनद्वारा लिएका गतिविधिप्रति अमेरिकाको बृहद् असन्तुष्टि रहेको पोम्पेओले बताएका छन्।  “तपाईले सङ्केत गरेका विषयमा अमेरिकी सरकारको फरक विचार छ, ” पोम्पेओले वाङलाई भनेका थिए। हामीले चीनद्वारा लिएका गतिविधिप्रति हाम्रो बृहद् असन्तुष्टि रहेको छ। हरेक बिषयमा छलफल गर्ने अवसर भएमा विषयलाई छर्लङ्ग पार्न सकिन्छ भन्ने मेरो धारणा छ, पोम्पेओले भनेका थिए।

पोम्पेओले अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिससँग यसै महिना बेइजिङमा हुनेगरी तय भएको बैठक रद्द भएकोबारे पनि चासो व्यक्त गरेका थिए।

“मलाई दुख लगेको छ कि दुई मुलुकबीच हुने रणनीतिक महत्वको राख्ने छलफलको मार्गलाई चीनले रोक्नु मेरो विचारमा ठीक कदम थिएन।” तर रक्षामन्त्रीस्तरीय वार्ता चीनका कारण नरोकिएको वाङले दाबी गरे। उनले आफूले रक्षामन्त्री स्तरीय वार्ता बारे भनेको कुरा नै सत्य भएको जिकिर गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.