|

फ्रान्सेली फुटबल म्यागजिनको आयोजनामा फ्रेन्च फुटबल एसोसिएसनले प्रदान गर्ने बालोन डी’ओर अवार्डको अन्तिम ३० खेलाडीको सूची सोमबार सार्वजानिक गरिएको छ। २०१८ का लागि ३० खेलाडीको प्रारम्भिक मनोनयन सार्वजनिक भएसँगै अवार्ड जित्ने खेलाडीको चर्चा सुरु भएको छ।

फिफासँग् मिलेर २०१६ सम्म यो अवार्ड प्रदान गर्दे आएपनि २०१६ यता भने फिफाले एक्लै फिफा वर्ष खेलाडीको नाममा अवार्ड प्रदान गर्दे आएको छ जुन केही समयअघि सम्पन्न भएको छ। 

यो अवार्ड पनि महत्त्वपूर्ण अवार्ड बालोन डी’ओरको मनोनयन सार्वजनिक भएको हो। फ्रान्सेली फुटबल म्यागजिनले प्रदान गर्ने अवार्डका लागि साबिक विजेता क्रिस्टियानो रोनाल्डोसँगै लियोनल मेसी, नेमार, लुका मोड्रिच, ग्यारेथ बेल, केलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यान, मोहम्मद सलाह, ह्यारी केन, पउल पोग्बा, सर्जियो अगुइरो लगायत खेलाडी मनोनयनमा परेका छन् फेरि पनि दाबेदारको सूचीमा भने मोड्रिच नै अग्रस्थानमा रहेका छन्।

मनोनयनमा पर्नेमा सबैभन्दा धेरै च्याम्पियन्स लिग विजेता रियल म्याड्रिडका खेलाडी छन्। रियल मड्रिडका अाठ खेलाडी प्रारम्भिक मनोनयनमा परेका छन्। यस्तै प्रियिमर लिगका ११ खेलाडी ३० खेलाडीको सूचीमा छन्। आउँदो डिसेम्बर ३ मा पेरिसमा हुने विशेष कार्यक्रममा अवार्ड विजेताको घोषणा गरिनेछ। यस्तै यो पटकदेखि महिलातर्फ पनि बालोन डी’ओर अवार्ड प्रदान गरिने भएको छ।

बालोन डी’ओर अवार्ड सन् १९५६ मा पहिलो पटक प्रदान गरिएको थियो। त्यसयता फ्रान्स फुटबल म्यागजिनले हरेक वर्ष उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गर्दै आएको छ। विश्व फुटबलको प्रशासकीय निकाय फिफासँगको सहकार्यमा ६ वर्षसम्म यो अवार्ड फिफा बालोन डी’ओरको रूपमा प्रदान गरिएको थियो । तर सन् २०१६ को सेप्टेम्बरमा फिफाले सहकार्य अन्त्य गरेसँगै फेरि भिन्नै रूपमा अवार्ड दिन थालिएको छ।

बालोन डी’ओरमा सन् २००८ यता रोनाल्डो वा मेसीको दबदबा रहँदै आएको छ। तर यो वर्ष त्यो क्रम भंग हुने अपेक्षा छ। किनकी फिफा वर्ष खेलाडीमा रोनाल्डोलाई पछि पार्दै लुका मोड्रिकले अवार्ड जितेका थिए ।

यस्ता छन् मनोनयनमा परेका खेलाडी

सर्जियो अगुइरो

ग्यारेथ बेल

करिम बेन्जिमा

केविन डी ब्राउन

एडिन्सन काभानी

थिबाउट कोउर्तोइस

रोबर्टो फिरमिनो

डिएगो गोडिन

एन्टोनी ग्रिजम्यान

इडन हजार्ड

इस्को

ह्यारी केन

एनुगोलो कान्टे

ह्युग लोरिस

मारियो मान्जुकी

साडिओ माने

मार्सेलो

केलियन एमबाप्पे

लियोनल मेसी

लुका मोड्रिच

नेमार

ज्यान ओब्लाक

पउल पोग्बा

क्रिष्टियानो रोनाल्डो

इभान रेकिटिक

सर्जियो रामोस

मोहम्मद सालह

लुइस स्वारेज

राफायल वाराने

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.