|

हुम्ला : लामो समय देखि माग हुँदै आएको नेपाल चीनको बिचमा रहेको हुम्लाको हिल्सामा सुविधासम्पन्न भन्सार कार्यालय बन्ने भएको छ।

अहिले व्यक्तिको घर भाडामा लिएर सञ्चालन भइरहेको छ । भन्सार कार्यालयको सिलन्यास र सीमा सुरक्षाको अवलोकनका लागि गृहमन्त्री रामबहादुर थापासहितको टोली मंगलबार हिल्सा आउन लागेको हुम्लाका प्रमूख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले जानकारी दिए।

टोलीमा गृहमन्त्री थापा, गृह सचिव प्रेमकुमार  राई, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत १५ जनाको टोली हुम्ला आउने ढुंगानाले जानकारी दिए। मंगलबार बिहान आउने उक्त टोलीमा भन्सार विभागका महानिर्देशक, कर्णाली प्रदेशका सामाजिक मन्त्री दल रावल, कानुनमन्त्री नरेश भण्डारीलगायतको सहभागिता रहने छ। सिलन्यासपश्चात गृहमन्त्रीसहितको टोलीले दैलेख जिल्लामा आयोजना हुने एक कार्यक्रममा समेत सहभागि हुने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.