|

रौतहट : चन्द्रपुरमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सोमबारबाट सुरु भएको छ। असोज २६ सम्म चल्ने अन्तर्राष्ट्रिय प्रतियोगितामा बंगलादेश, भारत, श्रीलंका, मलेसिया, हङकङ र नेपालका खेलाडीहरु सहभागी भएको बुद्धिचाल संघ रौतहटका अध्यक्ष रामचन्द्र दाहालले जानकारी दिए।

रौतहट बुद्धिचाल संघको आयोजनामा भइरहेको १०० भन्दा बढी खेलाडी सहभागी छन्। प्रतियोगितामा चन्द्रपुर नगरपालिकाको मुख्यप्रायोजक तथा गुजरा नगरपालिका र वृन्दावन नगरपालिकाको सहप्रायोजक रहेका छन्।

प्रतियोगिताका प्रथमलाई ६० हजार, दोस्रोलाई ४० हजार र तेस्रोलाई ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.