|

ओखलढुंगा : ओखलढुंगामा रहेका हुलाक कार्यालय सुनसान बन्दै गएका छन्। आधुनिक प्रविधिको प्रयोग बढेसँगै एक दशकदेखि जिल्ला हुलाकसहित स्थानीय तहमा रहेका हुलाक कार्यालय कामविहीन भएका छन्।

सञ्चार प्रविधिलाई पछ्याउन नसकेपछि अधिकांश हुलाक कार्यालय कामविहीन बन्दै गएको जिल्ला हुलाक कार्यालयका अधिकृत दिपकप्रसाद खतिवडाले बताए। ‘पहिले चिठीका माध्यमबाट सूचना आदानप्रदान हुन्थ्यो,’ उनले भने, ‘अहिले इन्टरनेट, मोबाइल, इमेलजस्ता प्रविधिको विकासले हुलाक कार्यालय सुनसान बनेको हो।’ सूचना प्रविधिको विकासले केही सेकेन्डभित्रै सूचना पुग्ने भएपछि लामो समय लाग्ने हुलाकको प्रयोग गर्न छाडेको खतिवडाले बताए।

ओखलढुंगामा साबिकका ११ वटै इलाकामा इलाका हुलाक, ४४ वटा अतिरिक्त हुलाक र जिल्ला हुलाक कार्यालय गरी ५६ वटा हुलाक कार्यालय रहेका छन्। केही वर्षअघि सम्म हुलाकी मार्फत चिठीपत्र, पत्रपत्रिकालगायत कागजातबाट सूचना आदानप्रदान हुन्थ्यो। तर, सरकारी चिठी, व्यक्तिगत पार्सल, सामान्य सामान, वस्तु र पत्रपत्रिका आदान प्रदान बाहेक अन्य सेवा सञ्चालनमा नआएको अधिकृत खतिवडाले बताए। 

प्रविधिको युगमा पनि अझै आफ्ना सेवालाई विविधीकरण गर्नुको सट्टा पुरानै शैलीबाट झोलामा चिठी बोकेर जनतालाई सेवा पुर्‍याउने हुलाक समयअनुकूल अघि बढ्न नसकेको हो। १० वर्ष अन्तरालमा संचार क्षेत्रको तीव्र विकास भएकोले सञ्चार क्षेत्रमा प्रविधि भित्र्याउन नसक्दा हुलाक सेवाप्रतिको दृष्टिकोण नै गलत हुँदै गएको सेवाग्रहीहरु वताउँछन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.