|

भारतको जयपुरमा २२ जनामा जीका भाइरसको संक्रमण फेला परेको छ।

भारतको प्रधानमन्त्री कार्यालयले जीका भाइरसको संक्रमण फेरि फैलिन थालेको परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै स्वास्थ्य मन्त्रालयसँग यस सम्बन्धी विस्तृत प्रतिवेदन मागेको जनाइएको छ।

जयपुरमा जीका भाइरसबाट संक्रमितमध्ये एक बिहार राज्य निवासी रहेको बताइएको छ। उनी हालैमात्र बिहारबाट जयपुर पुगेका थिए। अधिकारीहरुले यो रोगको संक्रमण बिहारमा पनि फैलिएको हुन सक्ने आशंका गरेका छन्।

बिहार सरकारले राज्यका सबै जिल्लामा सतर्कता अपनाउन निर्देशन दिएको छ। जीका भाइरसका कारण केही वर्षअघि विभिन्न मुलुकमा कयौं नागरिक प्रभावित भएका थिए। भारतमा भने सन् २०१७ मा पहिलोपटक यो संक्रमण देखिएको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.