काठमाडौं : अमेरिका जान नक्कली शैक्षिक प्रमाण पत्र बुझाउने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनका निखिल पराजुली रहेका छन्। पराजुली...

जाजरकोट : जिल्लाका दुर्गम स्थानका सर्वसाधारणले सुपथ मूल्य पसल सञ्चालन गर्न माग गरेका छन्। दुर्गममा बर्सेनि चाडपर्वमा महंगोमा सामान खरिद गर्न बाध्य भएको भन्दै स्थानीयले सुपथ पसलको माग गरेका हुन्।
‘रेडियोमा सुपथ मूल्य पसल खलेको छ भन्ने सुनिन्छ’, नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले भने, ‘तर हाम्रो गाउँघरमा कहिले पनि त्यस्ता पसल खुल्दैन। जिल्लाको अत्यन्तै दुर्गम बारेकोट गाउँपालिकामा आफूले चाहेजस्तो दैनिक उपभोग्य सामग्री खरिद गर्न नपाएको स्थानीय प्रेम शाहीले बताए। 'बजारमा भनेजस्तो सामग्री नै पाइँदैन, पाइहाले पनि महंगोले छोइनसक्नु हुन्छ', उनले भने।
पैसा भएर पनि सामग्री नपाउँदा उपभोग गर्न नपाएको जुनिचाँदे–९ का श्याम पुनले बताए। दुई दिन हिँडेर मोर्क, थलह, सुर्खेत पुग्नुपर्ने उनको भनाइ छ। 'जहाँ सुगम र गाडीको पहुँच छ, त्यहीँ मात्र सबैले हेर्दा रहेछन्', उनले भने।
बिहान बेलुका छाक टार्न मुस्किल हुने ठाउँमा राज्यले कहिले पनि सुपथ मूल्य पसल स्थापना हुन नसकेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए। 'दसैँ, तिहार सबै सुगममा आउँदो रहेछ', उनले भने, 'दुर्गममा केही आउँदैन्', कुशेगाउँपालिका वडा ५ का कालिबहादुर थापाले बताए। बर्सेनि अखाद्य वस्तुहरु बिक्री वितरण हुँदै आएकोमा अहिले स्थानीय प्रशासनको सक्रियतामा अनुगमन हुँदा केही राहत भएको स्थानीयको भनाइ छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।