खेलकुद

भुटानसामु १५१ रनको चुनौती, प्रदीप ऐरीको शानदार ब्याटिङ
SHARES

असोज २३, २०७५

    काठमाडौं : आइसीसी टी–२० विश्वकप एशिया उपक्षेत्रीय छनोटमा नेपालले भुटानलाई एक सय ५१ रनको चुनौती पेश गरेको छ । 

    मलेसियाको युकेएम ओभल मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो। नेपालले २० ओभरमा चार विकेट गुमाउदै एक सय ५० रन बनायो।

    नेपालका लागि सर्वाधिक रन प्रदिपसिंह ऐरीले बनाए। उनले ६८ बलको सामना गर्दै अविजित ७५ रनको योगदान गरे। त्यस्तै अनिल शाहले २७ रनको योगदान गर्दा दिपेन्द्रसिंह ऐरीले १५ रन बनाए भने अरिफ शेखले ११ रन बनाए। त्यस्तै करण केसीका नाममा अविजित ११ रन रहयो भने ओपनर व्याट्सम्यान विनोद भण्डारी शुन्यमा आउट भए।  अहिले भुटानले जवाफी व्याटिङ गरिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]