|

रुकुम : रुकुम पश्चिम चौरजहारी नगरपालिकामा एउटा पनि सार्वजनिक शौचालय छैन। बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा किनमेल गर्न बजार पुगेका सर्वसाधारणलाई दिसापिसाब गर्न समस्या हुने गरेको छ।

नगरपालिकाले पहिलो सभाबाट नै नगरभित्रका सबै बजार क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय गरे पनि कार्यान्वयन भएका छैन। जग्गा उपलब्ध हुन नसकेकाले सार्वजनिक शौचालय बनाउन नसकेको नगरपालिकाका प्रमुख विशाल शर्माले बताए। ‘जग्गा नभएपछि शौचालय आकाशमा बनाउने त होइन नि,’ प्रमुख शर्माले भने, ‘जग्गा उपलब्ध भएपछि तत्कालै बनाउन सुरु गर्छौं।’

सम्बन्धित ठाउँका व्यवसायीहरुले जग्गा उपलब्ध गराउने सहमति भएको प्रमुख शर्मा बताए। तर, उद्योग वाणिज्य संघ चौरजहारीका अध्यक्ष प्रेम सुनारले नगरपालिकाले अहिलेसम्म जग्गा चाहियो भनेर वयापारीसँग कुनै कुरा नगरेको बताए। ‘हामीसँग जग्गा छ,’ उनले भने, ‘नगरपालिकाले कुनकुन ठाउँमा शौचालय बनाउने हो, त्यसबारे छलफल भए जग्गा दिन तयार छौँ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.