|

भारतको कर्णाटकमा बाँदरले बस चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। 

कर्णाटक राज्यको दक्षिण पश्चिमा रहेको एक व्यस्त राजमार्गमा ३० यात्रु सवार बसमा लङ्गुर बाँदरले गाडी चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उक्त बसका चालकले भने आफ्नो जागिरबाट हात धोएका छन्। तर बाँदरले बस चलाउँदा बसमा सवार ३० यात्रुमध्ये कसैले पनि गुनासो गरेका थिएनन्। भिडिओ सार्वजनिक भएकै कारण ती ड्राइभरले भने जागिर गुमाउनु परेको हो। 

प्रत्यक्षदर्शीहरूका अनुसार सो बाँदर अन्य एक यात्रुसँगै बस चढेको थियो र उसले चालककै सिटमा बस्यो र स्टेरिङ चलाउन थाल्यो, एम प्रकाश नाम गरेका ती चालकले बाँदरले स्टेरिङ ह्वील समाउँदा आत्तिएनन् तर बस आफ्नै नियन्त्रणमा राख्न उनले आफ्नो एक हात भने स्टेरिङ ह्वीलमा राखिरहेका थिए।  उक्त बाँदर आफ्नो गन्तव्यमा पुगेपछि ओर्लियो र बाँकी यात्रा उनै चालकको जिम्मा छाडिदियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.