|

कालिकोट : सानिमा बैंकको कालिकोट शाखाले दुई जना विद्यार्थीलाई एक एक लाख रुपैयाँको छात्रवृत्ति उपलब्ध गराएको छ ।

खाँडाचक्र नगरपालिका ताडीमा रहेको जनजीवन माध्यमिक बिद्यालयका कक्षा ११ सावित्री पाण्डे र मान्मा रहेको पञ्चदेव माध्यमिक विद्यालयका कक्षा ११ का विद्यार्थी उमेश बिकलाई छात्रवृत्ति उपलब्ध गराएको हो।

गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्रीसहित प्रतिव्यक्ति एक एक लाख रुपैयाँ प्रदान गरेको शाखा प्रमुख मनिषमान श्रेष्ठले जानकारी दिए। बैंकको प्रदान गरेको छात्रवृत्तिले आफुलाई हौसला प्रदान गरेको सावित्री पाण्डेले बताइन्। उनले भनिन्, ‘बैंकले दिएको छात्रवृत्तिले मेरो पढ्ने इच्छा पूरा गरेको छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.