|

जाजरकोट : नलगाड नगरपालिकाका बाढी–पहिरो पीडितलाई चाडबाड मनाउन चामल उपलव्ध गराउने भएको छ। 

असोज २३ मा बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाभित्रका ४५० भन्दा बढी परिवारलाई दसैं र तिहारका लागि निःशुल्क चामल उपलव्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए । नगरपालिकाले प्रतिपरिवार एक बोरा चामल प्रदान गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सिंहले जानकारी दिए।

नगरपालिकाको वडा नं. २, ३, ४ र ५ का स्थानीयहरुको घर खेत समेत बाढी पहिरोले बगाएको थियो। त्यस्तै, नगरपालिकाभित्र प्लाष्टिकका मालाहरु बिक्री , वितरण गर्न नपाइने भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.