|
नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साह

जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी प्रदेश २ ले तत्कालिन नेकपा एमाले र माओवादीबीचको एकतालाई जिल्ला तहमा पूर्णता दिनका लागि प्रत्येक जिल्लामा कार्यदल गठन गरेको छ। नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले प्रदेश २ को आठवटै जिल्लामा एकीकरणका लागि प्रत्येक जिल्लामा चार सदस्यीय कार्यदल गठन गरिएको बताए।

साहले पूर्वएमाले तथा पूर्वमाओवादी गरी दुवै दलबाट मिलाएर कार्यदल गठन गरिएको जानकारी दिए। सप्तरीमा अशोक कुमार मण्डल, महेश यादव, रामप्रित पासवान र गोविन्द न्यौपाने कार्यदलमा रहेका छन्। सिरहामा लिलानाथ श्रेष्ठ, प्रमोद यादव र अजयशंकर नायक सम्मिलित कार्यदल गठन गरिएको छ।

धनुषाका लागि जोगकुमार यादव बरबरिया (श्रवण), रामचन्द्र मण्डल, श्रीप्रसाद साह र राजकिशोर यादव, महोत्तरीमा योगनारायण यादव, शौखीलाल यादव, राजु खड्का र तुलसी ढुंगाना, सर्लाहीमा कमला देवी महतो, रेवती पन्त, शिव पुजन यादव रहेको कार्यदल गठन गरिएको छ।

यसैगरी रौतहटमा युवराज भट्टराई, उपेन्द्र साह, कल्याण खडका र कमल यादव, बारामा गोपाल ठाकुर, क्षेत्रबहादुर श्रेष्ठ, बलवीर चौधरी र सुन्दरबाबु विश्वकर्मा र पर्सामा रामचन्द्र साह, प्रभु हजरा, विजय महतो र छोटेलाल यादवलाई एकीकरणको कार्यदलमा राखिएको छ।

संसदीय दलको नेता चयनमा सहमतिको प्रयास जारी

नेकपाको प्रदेश २ को संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषयमा विवाद कायमै छ। यसलाई साम्य पार्न र संसदीय दलको नेता चयन गर्न पूर्वएमाले र पूर्वमाओवादी केन्द्रको संसदीय दलका नेता तथा सचेतकसँग छलफल गरेर सहमतिको प्रयास जारी रहेको नेकपाको प्रदेश अध्यक्ष प्रभु साहले जानकारी दिए। सहमति नभए चुनावी प्रकृयाबाट संसदीय दलको नेता चयन गरिने प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले बताए।

मण्डलले अहिले प्रदेशको विधान तयार पार्ने कार्यलाई प्राथमिकता दिएर अगाडि बढेको बताउँदै विधान निर्माणपछि संसदीय दलको नेता चयनको विषयमा बहस अगाडि जनाकारी दिए। संसदीय दलको नेता चयन गर्न असहज हुने अवस्थामा कार्तिक ६ गते प्रदेश कार्यालयको उद्घाटन पश्चात चुनावी प्रकृयामा जाने आन्तरिक तयारी गरिएको छ।

प्रदेश २ को सरकारले पार्टी केन्द्रित योजना र बजेटलाई कार्यान्वयन गरेको र गर्न नसकेकाले जनताले प्रदेश सरकार विहीनताको आभाष गर्न थालेको अध्यक्ष प्रभु साहले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.