विश्व

अष्ट्रेलियाले आप्रवासीलाई सहरमा वास नदिने, ग्रामीण इलाकामा बस्नैपर्ने
SHARES

असोज २३, २०७५

    अस्ट्रेलिया सरकारले प्रमुख शहरहरूमा मानिसको बढ्दो चापलाई ध्यानमा राखी आप्रवासीहरूलाई अस्थायी रुपमा क्षेत्रीय र ग्रामीण क्षेत्रहरूमा मात्र बस्न दिने नयाँ योजना घोषणा गरेको छ।

    विशाल अस्ट्रेलियाको बस्ती छरिएर रहेको भएपनि अस्ट्रेलियाको जनसंख्या वृद्धिदर वार्षिक १.६ प्रतिशत रहेको छ। यो जनसंख्या वृद्धिदर आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) मा आबद्ध मुलुकको तुलनामा सबैभन्दा बढी हो।

    सिड्नी, मेलबोर्न र दक्षिणपूर्वी क्वीन्सल्यान्ड विश्वमै सर्वाधिक तीव्र गतिमा विकास भइरहेका शहरमध्येका हुन्, र यसो हुनुमा विदेशी आप्रवासी प्रमुख कारण हो, जनसंख्यामन्त्री अलान टजले भनेका छन्।

    अस्ट्रेलियाका पूर्वी क्षेत्रका सहरहरूमा यही कारण पूर्वाधारमा मात्र गत वर्ष करिब १५ अर्ब अस्ट्रेलियाली डलर खर्च भएको थियो। बेलैमा नरोकिए सन् २०३० सम्ममा यो रकम करिब ४० अर्ब अस्ट्रेलियाली डलर पुग्नेछ, मेलबोर्नको मेन्जीज अनुसन्धान केन्द्रमा आयोजित कार्यक्रममा मन्त्री टजले बताए।

    “यो अति घनाबस्ती परिवारका लागि गम्भीर चुनौती हो र मुलुकका लागि गम्भीर आर्थिक चुनौती हो,” उनले बताए। “अस्ट्रेलिया आउने मानिसलाई हामी साना प्रान्त र क्षेत्रमा स्थानान्तरित गर्ने उपायको खोजी गरिरहेका छौं र उनीहरू त्यहाँ केही वर्ष बस्नै पर्दछ।”

    अस्ट्रेलिया वर्षौंदेखि विश्वभरका मानिसका लागि आकर्षक गन्तव्यस्थल रहँदै आएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]