|

डडेल्धुरा : जिल्ला कारागार डडेल्धुरामा रहेका कैदीबन्दीले विभिन्न माग राख्दै आमरण अनशन थालेका छन्। डाका चोरी मुद्दाका कैदीबन्दीचन्द सिंह साउद र कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी देविसिंह ऐरले सोमबारदेखि ७ बुँदे माग राख्दै आमरण अनशन सुरु गरेका हुन्। 

असल चाल चलन भएका सुधारउन्मुखअ वस्थामा रहेका कैदीबन्दीलाई ६० प्रतिशत माफी मिनाहाको पुरानै व्यवस्थालाई यथावत कायम राखी तुरुन्त लागू गरिनु पर्ने, न्याय दिने अदालत प्रहरी संगठनहरूमा मौलाउँदै गएको चरम लापरबाही भ्रष्टाचार, फितलो अनुसन्धान फैसलामा हुने ढिला सुस्ती, निर्दोषहरू फसाउने क्रियाकलापमा नियन्त्रण एवं न्यूनीकरणका लागि ठोस् कदम चाल्नुपर्ने कैदीबन्दी चन्द्रसिंहले बताए। 

कैदी बन्दीको भरणपोषण भत्ता ६० बाट वृद्धि गरी प्रतिदिन १०० को व्यवस्था गरिनुपर्ने, अनुत्पादक अवस्थामा समय खेर फाल्दै आएका कैदीबन्दीहरूका लागि कारागारभित्रै श्रम गर्न पाउने गरी रोजगारमूलक-उत्पादनमूलक कारखाना स्थापना गर्नुका साथै खुला कारागार नीतिलाई तुरुन्त कार्यान्वयन गरिनुपर्ने, सशस्त्र द्वन्द्वबाट प्रभावित घटनाहरूलाई अवस्थाका आधारमा अपराधको नामकरण गरी फर्जी मुद्दा चलाइ बन्दी बनाइएका राज बन्दीलाई तुरुन्त प्रक्रिया मिलाइ आम माफीअन्तर्गत कैदमुक्ता गरिनुपर्ने माग रहेको अर्का कैदीबन्दी देविसिंहले बताए। 

हालसम्म कर्तव्य ज्यानलगायतका केही सिमित मुद्दाका कैली बन्दीलाई मात्र माफी मिनाहा दिने विभेदपूर्ण व्यवस्था रहेकाले तत्काल सबै प्रकृतिका मुद्दा वा कैदीबन्दीलाई समेत माफी मिनाहाको सुविधा कायम गरिनुपर्ने र मानोसामाजिक अपराधहरूको नियन्त्रण एवं न्यूनीकरणका लागि मृत्युदण्डसहित कडा बनाउनुभन्दा मनोसामाजिक अपराधको उत्पत्ति गराउने तत्वविरुद्ध सचेतना शिक्षा अभियान सञ्चालन गरिनुपर्ने कैदी वन्दीको माग रहेको कैदी दीपक बोहराले बताए।

जिल्ला कारागारमा औषधि उपचार खर्च २५ जनाका लागि मात्रै आउने भएकाले हाल कारागारमा पुरुष कैदीबन्दी ५१ जना महिला ३ जना र २ जना आश्रित बालबालिका रहेकाले उनीहरूका लागि औषधि उपचारमा समस्या हुने गरेको जेलर शिवराज भट्टले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.