अर्थ

अल्लो व्यवसायमा आकर्षण बढ्यो, मासिक ५० हजार भन्दा बढी आम्दानी
SHARES

असोज २४, २०७५

    संखुवासभा : प्रख्यात कोसेलीका रुपमा परिचित अल्लोको कपडाको माग बिदेशमा समेत बढेको छ। अलैची र कृषि पेसा घाटा लागेपछि अल्लो ब्यवसायले आकर्षित बनाएको छ।

    सभापोखरी गाउँपालिका  विश्व लिम्बूले अल्लोको कपडा सिलाइ लिएपछि  उनले अहिले दैनिक रुपमा  अल्लोका झोला ,लेडिज ब्याग, पर्स जस्ता विभिन्न सामग्रीहरू बनाएर बिक्री गर्ने गरेका छन्। उनकाअनुसार यहाँबाट वर्षेनी एककरोड रुपैयाँको अल्लो कपडा निकासी हुने गरेको छ। अल्लोको कपडा लिन सेना, प्रहरी, कर्मचारीका प्रमुखहरू समेत आउने गरेको बताए। 

    जिल्लामा काम गरेर अन्य क्षेत्रमा सरुवा भएर जाने सिडियो, डिएसपी र कर्मचारीहरुले समेत कोसेलीका रुपमा लाने गरेका बताए। अल्लो कपडा लगाउँदा गर्मीमा चिसो र जाडोमा तातो हुने विशेषताले पनि यसको बजार पर्याप्त भएको हो। संखुवासभामा त अल्लोका कुनै न कुनै कपडा प्रयोग नगर्ने मानिस भेट्न कठिन पर्छ। बाहिरी जिल्लाबाट आएका आन्तरिक पर्यटक र कर्मचारीले नातेदार र साथीलाई अल्लोको कपडा र सामान उपहार स्वरुप लगिदिने चलन छ।

    जिल्लामा २९ वटा अल्लो उद्योग ब्यवसायिक रुपमा संञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालय संखुवासभाले जनाएको छ। जसअनुसार सिलिचोङ गाउँपालिकामा १६ ,खाँदबारी नगरपालिका ४ वटा ,चैनपुर २ वटा ,धर्मदेवी ३ वटा, मादी नगरपालिका २ वटा , चिचिला र मकालु गाउँपालिकामा एक/एक वटा रहेका छन्। अल्लो खेती २०४६ देखि व्यवसायिक रुपमा गर्न थालिएको हो।

    साबिक बाला, सिसुवाखोला, ताम्कु, मांतेवा, याफू, पाथिभरा, नुम, मत्स्यपोखरी, पावाखोला, बाह्रबिसे, तामाफोक गाविसका सामुदायिक र राष्ट्रिय वनमा अल्लो प्रचुर मात्रामा पाइने गरेको छ। अल्लोबाट कात्तिकदेखि जेठसम्म पाट संकलन गरेर पकाउँदै धागो बनाइन्छ। यसरी धागो बनाएपछि कपडा उत्पादन हुने र यो देशका विभिन्न बजारहुदै अमेरिका तथा जापानसम्म निर्यात गरिन्छ। 

    अल्लोको कोट ३ हजार, टोपी ५००, सल ७००, स्याण्डल ५००, स्टकोट १५०० रुपैयाँमा बिक्री हुन्छ। मफलर, पर्स, चस्मा व्याग, लेडिज पर्स, लेडिज झोला र साइड व्याग बनाउन अल्लो प्रयोग गरिन्छ। यीवाहेक कपडाबाट बन्ने प्रायः सबै सामान अल्लोबाट बनाउने र बिक्री गरिन्छ।

    अल्लो उद्योगबाट ६० घर परिवारको आश्रित रहेको पाइएको छ भने २०० भन्दा बढीले रोजगारी पाएका छन्। यीमध्ये काठमाण्डौंमा बिक्री गर्न बसेका १७, खाँदबारीमा खरिद विक्री र कपडा उत्पादन गर्न ४५, गाविसका टोलटोलसम्म कपडा बुन्ने, पाट संकलन गर्ने, प्रशोधन गर्नेको संख्या ४३० परिवार रहेको छ। यी सबैको मुख्य पेशा अल्लो संकलन, प्रशोधन र बुनाइ तथा निकाशी गर्नु हो। गाउँमा बुनेका कपडा सदरमुकाम खाँदबारी हुँदै बिराटनगरदेखि काठमाडाैंसम्मका डिपार्टमेण्टल, मिनी र सुपर मार्केटहरूमा पर्याप्त पाइन्छ।
        
    जिल्लाका बाला र सिसुवा गाविसका सबै घरको मुख्य पेशा अल्लोबाट कपडा उत्पादन गर्नु हो। यहाँका ४५० परिवारको मुख्य पेशा र आय स्राेत अल्लो नै भएको छ। यहाँका केटाकेटीदेखि बृ्द्धासम्म बिहान उठेदेखि हाट बजार जाँदा होस् या सबै प्रकारका काम गर्दा हातमा कुरुस र अल्लोको जाखिल्मा (कच्चा धागो) बोकेर कपडा बुन्नमा व्यस्त भेटिन्छन्।     

    जिल्लामा २५ वटा अल्लो आश्रित उद्योग सञ्चालित छन्। यी उद्योगले मासिक तलब दिएर झण्डै ९०० जनालाई रोजगारी दिएका छन्। अल्लो कपडा बुन्ने उद्योग सञ्चालन गर्दै आएका छन्। अल्लो एकवर्षे वुट्यान हो। यो १/२ मिटर उचाईको भएपछि काटेर ल्याउने र बोक्रा निकालेर पाट बनाइन्छ। यसरी काटेपछि पुनः रोपण नगर्दा अल्लो जंगल मासिने क्रममा छ। यसको संरक्षणमा ध्यान नदिएपछि मासिने क्रम बढेको हो।

    सामुदायिक र राष्ट्रिय वनमा अल्लो संकलनमा रोक लगाएपछि ती वनमा पर्याप्त रहे पनि प्रयोगविहीन भएको र अन्यत्र मासिने क्रममा रहेको हो। अधिकांश गाविसमा यसको रोपण भएको छैन। अहिले जिल्लाका मत्स्यपोखरी, तामाफोक, जलजला, सिद्धपोखरी र नुनढाकी गाविसमा सामुदायिक वनको माध्यमले यसको संरक्षण सुरु गरिएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]