|

कैलाली : जिल्लाको बर्दगोरिया गाउँपालिका २ लालमोटिया डाँडा नजिक ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। फलेबिसौनाबाट ढुंगा लोड गरेर बौनियाँतर्फ आउँदै गरेको से१त ३९६९ नम्बरको ट्याक्टर मंगलबार मध्याह्न १२ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटना ट्याक्टर चालक बर्दगोरिया गाउँपालिका-१ का अन्दाजी ४१ वर्षीय डागु चौधरी र ट्याक्टरमा सवार सोही ठाउँका कामदार सुरज कठरियाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी अर्का कामदार भीम कठरिया घाइते भएका छन्। घाइते कठरियाको बौनियाँबजारस्थित बर्दगोरिया अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.