समाज

रंगुन नदीले बगाएर एक युवकको मृत्यु
SHARES

असोज २३, २०७५

    डडेल्धुरा : डडेल्धुराको भित्री मधेसमा पर्ने रंगुन नदीले बगाउँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा परशुराम नगरपालिका-४ रौटेखानका अन्दाजी २७ वर्षीय नरेश दामाइ रहेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। 

    सोमबार घरबाट माछा मार्न गएका नरेशलाई रंगुन नदीले बगाएको हो। मंगलबार माछा मार्ने व्यक्तिले उनको शव देखेपछि प्रहरीलाई खबर थिए। माछा मार्ने जालले बेरिएको अवस्थामा उनको शव नदीमा फेला परेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए। 

    उनको शवलाई पोस्टमार्टमका लागि जोगबुढा अस्पतालमा राखिएको प्रहरी निरीक्षक पाण्डेयले बताए। उनी मिर्गी रोगबाट पीडित रहेको परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]