धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीसँगै जोडिएको एउटा बस्तीमा वर्षैंदेखि एउटा अनौठो गतिविधि चलिरहेको छ। यहाँ नेपाली नागरिकल...
लमजुङ : सदरमुकाम बेँसी शहरको एक स्कूलमा प्रधानध्यापक र शिक्षकबीच मंगलबार कार्यालय कक्षमै मुक्कामुक्की भएको छ। बेसीशहर नगरपालिका ७ स्थित जन विकासका प्रधानाध्यापक र शिक्षकबीच भएको भनाभन अन्ततः मुक्कामुक्कीमा परिणत भएकाे पुग्यो।
तलवको विषयमा पहिले त प्रधानाध्यापक रत्नमान श्रेष्ठ र शिक्षक दीपेन्द्र रावलबीच सामान्य कुराकानीपछि भनाभन सुरु भएको थियाे भने पछि कार्यकक्षमा प्रधानध्यापक र शिक्षकबीच मुक्कामुक्की भएकाे एक शिक्षकले बताए।
शिक्षक स्राेतका अनुसार २८ दिन गयल भएकोमा १२ दिनको पाकेको बिदा कटाएर १० दिनको तलव काटिएपछि शिक्षक दीपेन्द्र रावल आक्रोशित भई प्रधानाध्यापकमाथि हातपात गरेका थिए। हातपातपछि प्रधानाध्यापक र शिक्षकबीच मुक्कामुक्की भएको थियाे। उनीहरूबीच भएको मुक्कामुक्कीलाई शिक्षक बद्री पौडेलले छुट्याएकाे बताइन्छ।
अहिले शिक्षक दीपेन्द्र र बद्रि प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक यादव ढकालले जानकारी दिए। यथार्थ विवरणका लागि प्रधानाध्यापक श्रेष्ठ र विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुभास पौडेलसँग सम्पर्क गर्दा दुवैले फाेन नउठाएका कारण घटनाबारे विस्तृत विवरण पाउन सकिएन।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।